१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वादी समुदायको धर्नाप्रति अधिकारकर्मीको एक्येबद्धता

जमिन, घर र रोजगारी माग राख्दै मुख्यमन्त्री कार्यालय अगाडि खुल्ला आकाशमा अनिश्चितकालीन धर्ना बसेका वादी समुदायको उक्त धर्नाप्रति अधिकारकर्मीहरुले एक्येबद्धता जनाएका छन् । नेपाल सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपाली एवम् कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली सुखारी कर्णालीबासीको परिकल्पना महत्वपूर्ण आधार भनेको सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चतता नहुँदासम्म यो नारा सफल नहुने भन्दै उनीहरुले वादी समुदायको धर्नाप्रति एक्येबद्धता जनाएका हुन् ।

‘भाइ पर्नेबाटै भागरथीको हत्या’

दुई साताअघि १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएयता प्रहरीको मात्र होइन, सिंगै मुलुकको ध्यान बैतडीको दोगडाकेदारमा केन्द्रित थियो । अढाइ वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अहिलेसम्म पक्राउ नपरेका कारण पनि सोही प्रकृतिको यो घटनाबारे के होला भनेर सबैले गम्भीर चासो राखेका थिए ।

महिलाले विदेश भ्रमण जाँदा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने प्रस्तावविरुद्ध प्रदर्शन (फाेटाेहरू)

अध्यागमन विभागले ४० वर्ष मुनिका नेपाली महिलाहरुले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि प्रस्ताव गरेको विरोधमा मानव अधिकारकर्मीले विरोध जनाएका छन्।

‘ओली सरकारः किर्तेतन्त्र बन्द गर’ (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।

गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गर्न आग्रह

मानव अधिकारकर्मीहरुले राष्ट्रिय ट्रमा सेन्टरमा २३ दिनदेखि अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरेका छन्।

अधिकारकर्मी बन्दनाको अनुभव: उहिले गाली, अहिले ताली

करिब तीन दशकअघि अधिकारकर्मी वन्दना राणाले घरेलु हिंसामा परेका महिलाको पक्षमा काम गर्न खोज्दा घर भाँड्न खोजेको आरोप लाग्यो । त्यो घटना उनले बिर्सन सकेकी छैनन् ।

'राज्यका निकायमा पितृसत्तात्मक सोचको हावी भयो'

अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकरकर्मीहरुले बताएका छन्।

'महिला अधिकारकर्मी नै असुरक्षित'

आइतीमाया तामाङ, खनीयाबास गाउँपालिकाका स्तरीय महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष हुन्। उनी महिलाको न्यायका लागि लड्दै आएकी छिन्।

अधिकारबारे चेतना जगाउँदै अधिकारकर्मी

देशमा लामो समयसम्म राजनीतिक अधिकारको बहस चलेपनि नागरिकको खान–लाउन पाउने, शिक्षा, स्वास्थ्य, आवासलगायतको अधिकारबारे बहस–पैरवी थोरैमात्र हुने गरेको छ।

हेग गएर हिरो भइँदैन : अधिकारकर्मी

मानवअधिकारकर्मीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहालको ‘हेग जान पाए हिरो बन्थें’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनीहरूले हेगमा युद्धअपराधमा संलग्न व्यक्तिलाई लगिने भएकाले त्यस्ता संवेदनशील विषयमा हल्का अभिव्यक्ति नदिन दाहाललाई सुझाएका छन्। एमनेस्टी इन्टरनेसनल नेपाल समूह ३ काठमाडौंले शनिबार राजधानीमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले संक्रमणकालीन न्याय निरुपणमा सरकार समयमै संवेदनशील बन्नुपर्नेमा जोड दिए। सरकार वा सरकारमा रहेका दलहरू संक्रमणकालीन न्याय निरुपणमा गम्भीर नरहेको सन्देश विश्वस्तरमा जाने क्रम सुरु भइसकेको उनीहरुको भनाइ छ। समयमै त्यसको सम्बोधन नभए मुलुकलाई नै ठूलो नोक्सानी पुग्ने उनीहरूले चेतावनीसमेत दिए।

अन्तर्राष्ट्रिय चलखेल बढ्याेः मानवअधिकारकर्मी

मानवअधिकारकर्मीहरूले संक्रमणकालीन न्याय निरुपणमा भएको ढिलाइका कारण मुलुकभित्र फेरि अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढेको बताएका छन्।

सुनिता हत्याको विरोध गर्दै अधिकारकर्मी सडकमा

चिकित्सक पतिको कुटाइबाट वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जकी ४५ वर्षीया सुनिताको निधन भएको भन्दै अधिकारकर्मीहरूले शनिबार बिहान वीरगन्जमा विरोध प्रदर्शन गरेका छन्। अधिकारकर्मीहरू विरोध -यालीसहित नगर परिक्रमा गरेका थिए।

निर्मलाले पाएका धोका

मौसम फेरीएसँगै दिन लामा र न्याना हुँदैछन्, तर निर्मला पन्तकी आमा दुर्गादेवीको मन चिसो छ। छोरीको विभत्स हत्याबीच न्याय अझै अन्योलपूर्ण भईरहँदा विचलित मनोदशा स्वभाविक हो। तर कुरा त्यति मात्र हैन। उनलाई फतक्क गलाईदिए केहि मुकुण्डोधारी अधिकारकर्मीले, अवसरवादी लोग्ने र गैरजिम्मेवार पत्रकारहरुले।

नयाँ बानेश्वरबाट ३२ अधिकारकर्मी पक्राउ

प्रहरीले नयाँ बानेश्वरबाट ९ महिलासहित ३२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ। वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहि गर्नुपर्ने डा. गोविन्द केसीसँग गरिएका सहमतिहरु कार्यान्वय गर्नुपर्ने लगायतका मागहरु लिएर संसद भवन अघि धर्ना प्रदर्शनमा बसेका अधिकारकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न खोजेको भन्दै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्