coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गर्न आग्रह

तस्वीरः नागरिक

मानव अधिकारकर्मीहरुले राष्ट्रिय ट्रमा सेन्टरमा २३ दिनदेखि अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरेका छन्। ट्रमा सेन्टरको फुटपाथबाट ‘गंगामायाको जीवन रक्षा र न्यायका लागि पहल गरौं’ लेखिएको ब्यानर बोकेर उनीहरुले गंगामायाको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरेका हुन्।

नेपाल मानवधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले गंगामायाको अनशनका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूहरु फुटपाथमा आएको बताए। ‘हामी उहाँको अनशनलाई समर्थन गर्नका लागि यहाँ आएका हाइनौं,’ उनले भने, ‘हामी उहाँ न्यायका पक्षधर भएर यहाँ उभिएका हौं। सरकारले उहाँलाई न्याय दिन पहल गर्नुपर्‍यो। सरकारको कुनैपनि मान्छे आएर उहाँसँग कुराकानी गरेको छैन। नागरिक समाज पनि संगठित भएर आउन सकेको छैन।’

आफूहरुले गंगामायालाई अनशन तोड्न आग्रह गरेको भएपनि उनले नमानेको आचार्यको भनाई छ। ‘अर्कोतिर समय पनि अनुकुल छैन। पटक–पटक प्रधानमन्त्री भइसकेका मान्छेहरु सडमा आउनुपरेको छ। त्यसकारण हामीले उहाँ (गंगामाया) लाई अनशन तोड्न आग्रह पनि गरिरहेका छौं। न्यायको लडाईं पनि जारी छ र उहाँको अनशन तोडाउने प्रयास पनि जारी छ,’ उनले भने।

गोरखाको फुजेल स्थायी घर भएकी अधिकारी आफ्ना छोरा र श्रीमानको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै आएकी छन्। उनका छोरा कृष्णप्रसाद अधिकारीको १७ वर्षको उमेरमा तत्कालीन माओवादीले अपहरण गरी चितवनको रत्ननगर बकुलहरमा २०६१ साल जेठ २४ गते हत्या गरेको थियो।  

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही हुनुपर्ने मागसहित गंगामाया र उनका श्रीमान नन्दप्रसाद अधिकारी २०७० मा अनशन बसेका थिए। अनशनकै क्रममा नन्दप्रसादको ५४ वर्षको उमेरमा २०७१ असोज ६ मा अनशनको ३३४औँ दिनमा मृत्यु भएको थियो।

प्रकाशित: २८ पुस २०७७ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App