१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भारतीय दूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी अगुवालाई प्रहरीले पक्राउ गरेको छ।  भारतमा भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवर लगायत प्रदर्शनकारीलाई लैनचौर प्रहरी वृत्तले शुक्रवार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘लैंगिक हिंसाविरुद्धको अभियान १६ कि ३६५ दिन !’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा खोटाङका महिला अधिकारकर्मीले भने ३६५ दिननै महिला हिंसाका घट्ना न्यूनिकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।

नूरप्रसाद अधिकारीको रिहाइको माग

अधिकारकर्मीहरुको एक समूहले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेको छ।

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग

झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ (फोटो फिचर)

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।

प्रधानमन्त्री निवास अघि धर्ना दिएका अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ परेका छन्। नागरिक स्वतन्त्रताको पक्षमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेर २० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ।

सिंहदरवारमा धर्ना बसेका अधिकारकर्मी पक्राउ

सरकारका स्वेच्छाचारी निर्णयका विरुद्धमा सिंहदरबार बाहिर धर्नामा बसेका अधिकारकर्मी पक्राउ परेका छन्।

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मी पक्राउ

अनसनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मिडिया र अधिकारकर्मीको प्रभावमा फैसला : ढुंगेल

डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले मिडियाको प्रभावमा सर्वाेच्च अदालतले आफूलाई जन्मकैदको सजाय तोकेको दाबी गरेका छन्।

भारतबाट ज्यादती भएको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्र्तराष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।

महिला अधिकारकर्मीको शंकास्पद मृत्यु

लम्की चुहा नगरपालिकाकी अधिकारकर्मी सरस्वती बसुटेल, ४२ को रहस्यमय ढंगले मृत्यु भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अघिल्लो दिन मंसिर २४ गते उनको मृत्यु भएको हो।

गंगामायालाई बचाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण अगाडि नै राष्ट्रसंघलाई गुहार्छौं : अधिकारकर्मी

गंगामाया बचाउ अभियान’ले गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपी छविलाल पौडेललाई तत्काल पक्राउ नगरे अन्र्तराष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएको छ।

कारागारभित्र महिला अधिकारकर्मीको तिज

खोटाङका महिला अधिकारकर्मीले जिल्ला कारागार शाखाका महिला कैदीबन्दीसँग तिज मनाएका छन्। महिला रक्षक सञ्जाल, सरकारी कार्यालय, विद्यालय लगायतमा आवद्ध महिला अधिकारकर्मीले बिभिन्न मुद्धामा जेल जीवन बिताइरहेका महिला अधिकारकर्मीसँग कारगारभित्रै तिज मनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्