२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नूरप्रसाद अधिकारीको रिहाइको माग

काठमाडौं– अधिकारकर्मीहरुको एक समूहले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेको छ।

नागरिक समाज, मानव अधिकारकर्मी र द्वन्द्व पीडित समुदायका व्यक्तिहरुको एक समूहले एक अपिल सार्वजनिक गर्दै नूर प्रसाद अधिकारीको सुरक्षा एवं रिहाइको माग गरेको छ।

यो समूहले जारी गरेको अपिलमा द्वन्द्वकालिन समयमा पिडक रहेको ठूलो समूह अहिले सत्तारुढ रहेको र उसले द्वन्द्वकालका पीडितलाई न्याय एवं परिपूरणको व्यवस्था गर्नुको साटो धम्क्याउँदै, तर्साउँदै र झुक्याउँदै यूद्ध अपराधी, मानवता विरुद्धका अपराधी र अन्य जधन्य वा गम्भीर अपराधीलाई उन्मूक्ति दिने काम गरिरहेको आरोप लगाइएको छ।

अपिलमा यूद्ध अपराधी, मानवता विरुद्धका अपराधी र अन्य जधन्य वा गम्भीर अपराधी माथि अनुसन्धान, अभियोजन र हदै सम्मको सजाय गर्न तथा पीडितको सत्य, न्याय र परिपूरणको अधिकार कानुनी रुपमा सुनिश्चित गर्दै मानवताको रक्षा गर्नका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायहरुलाई अनुरोध गरिएको छ।

अपिलको पूर्णपाठ  यसप्रकार छ।

प्रकाशित: ३ मंसिर २०७५ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App