७ वैशाख २०८१ शुक्रबार
राजनीति

महिलाले विदेश भ्रमण जाँदा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने प्रस्तावविरुद्ध प्रदर्शन (फाेटाेहरू)

अध्यागमन विभागले ४० वर्ष मुनिका नेपाली महिलाहरुले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि प्रस्ताव गरेको विरोधमा मानव अधिकारकर्मीले विरोध जनाएका छन्। बिहीबार उनीहरुले अध्यागमन विभाग अगाडि गएर प्रस्तावित कार्यविधिविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

संविधानले व्यवस्था गरेको मानवअधिकारका आधारभुत मूल्य मान्यता विपरीत कार्यविधि प्रस्ताव गरिएको उनीहरुको दाबी छ। प्रदर्शनकारीहरुले पासपोर्टसहित विभिन्न नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए।

४० वर्ष मुनिका महिलाहरुले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि हाल गृहमन्त्रालयमा छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 77.8%
क्रोधित 22.2%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App