दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १९ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई पराजित गरेको छ।
पोखराको पोखरा रगंशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई २- १ ले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। खेलको ३६औँ मिनेटमा नेपालले अग्रता लिएको थियो। नेपालको लागि पहिलो गोल सिर्जना बडुवालले गरिन्।
पहिलो हाफमा एक गोलले अघि रहेको नेपालले दोस्रो हाफको ६९औँ मिनेटमा प्रजिता राईले गोल गर्दै अर्को सफलता दिलाइन्। त्यसपछि खेलेको ८७औँ मिनेटमा भुटानले एक गोल फर्कायो। भुटानको लागि सोनाम छोडेनले गोल गरिन्।
यो जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। भुटान भने यो हारसँगै फाइनल पुग्ने यात्राबाट बाहिरिएको छ। नेपाल आफनो पहिलो खेलमा भारतसँग १- ० गोलले पराजित भएको थियो।
आजै भएको पहिलो खेलमा साविक विजेता बंगालदेशले भारतलाई २- ० ले पराजित गरेको छ। जारी प्रतियोगितमाा कूल ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रकाशित: १९ माघ २०८२ १७:४७ सोमबार





