२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन्।

निजी विद्यालयले लिने शुल्कमा मनोमानी गर्ने बाटो खुला

स्थानीय सरकारले विभिन्न बहाना गरेर निजी विद्यालयहरुलाई शुल्क सिलिङ तोक्न नसकेको चार वर्ष भइसकेको छ। यही बहानामा निजी विद्यालयहरुले आफुखुसी शुल्क उठाउन छुट पाउँदै आएका छन्। यस्तो हुँदा पनि स्थानीय सरकारले भने कुनै कारबाही गर्न सकेको छैन।

बिएन्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएन्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।

छातीमा १२ इञ्च रड छिरेका घाइतेको जटिल शल्यक्रिया

झापाका ३८ वर्षीय ती पुरुषको स्वास्थ्य अवस्था एकदमै गम्भीर थियो। उनको देब्रेपट्टी कोखाबाट १२ इञ्च(३० से.मी.) रड छातीभित्र छिरेको थियो।

असार १ गतेबाट विद्यालयमा भर्ना प्रकृया सुरु गर्ने : शिक्षामन्त्री श्रेष्ठ

‘बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्नुस्।’

अस्पतालकाे बेडबाट लडेर घाइते भएकी महिलाको मृत्यु, छानबिन गर्न परिवारको माग

सिरहा गोलबजारकी ५५ वर्षीया महिलाको सोमबार राती करिब साढे ७ बजे मृत्यु भएको हो। मृतकका परिवारजनले भने अस्पतालमा गम्भीर लापरवाही भएकोले छानबिन गर्नुपर्ने माग गरेका छन्। सुगर बढेपछि उपचारमा आएकी महिलालाई संक्रमण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

जुम्ला अस्पताल: दुई सातामा तीन जना संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ। कालिकोट तिलागुफा नगरपालिकाका ८० वर्षीय एक संक्रमितको बिहान मृत्यु भएको हो।

विधि तथा प्रकृया अपनाएर राजनीतिक निकास खोज्न आग्रह

अस्पतालमा पर्याप्त शैय्या, अक्सिजन, आईसीयु, भेन्टिलेटरका अभावमा अकालमा ज्यान गुमाउन पुगेका तथा कोरना भाईरस विरुद्धको खोपको ब्यग्र प्रतिक्षामा बसेका नागरिकप्रति गैरजिम्मेवार हुनु दूर्भाग्यपूर्ण रहेकोमा खेद व्यक्त गरेको छ।

वीपी प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा मोरङका दुई जना र उदयपुरका एक जना छन्।

नेपालमै अक्सिजन सिलिण्डर बनाउन सक्ने प्रविधिको सफल परीक्षण

ललितपुरमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन गर्ने प्रविधिको परीक्षण गरेको हो।

नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण

नेपालमा पाइने सिलिण्डरको न्यूनतम मूल्य करिब १५ हजार रुपैयाँ पर्नेछ भने नाष्टको प्रविधि प्रयोग भएको सिलिण्डरको करिब १० हजार रुपैयाँभन्दा कम मूल्य पर्नेछ। सफल परीक्षण भएको सिलिण्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो।

विज्ञापन बोर्डको प्रावधानमा आनको असन्तुष्टि

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापन वितरण गर्ने प्रावधानलाई हास्यास्पद, विवादित र अव्यवहारिक भन्दै सच्याउन माग गरेको छ।

एसईईबारे चाँडै निर्णय गर्नेः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रमा परेको असरलाई सहयोग गर्ने विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसइई) र १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णय गर्ने बताए।

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्