२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसईईबारे चाँडै निर्णय गर्नेः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गरेका छन्।

मन्त्रालयको पदभार ग्रहण गर्दै उनले कोभिडका कारण शिक्षा क्षेत्रमा परेको असरलाई सहयोग गर्ने विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसईई) र १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णय गर्ने बताए।  

मन्त्रालयको दोस्रो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी) को सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरेका छन्।

शितल निवासमा राष्ट्रपति समक्ष सपथ ग्रहण भएलगत्तै मन्त्री श्रेष्ठ मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए।

प्रकाशित: ३१ वैशाख २०७८ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App