१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङका सञ्चारकर्मीलाई मास्क र स्यानिटाइजर वितरण

ताप्लेजुङका सञ्चारकर्मीलाई औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समिति र जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेका छन् ।

सञ्चारकर्मीलाई निवासबाटै काम गर्ने व्यवस्था मिलाउन महासंघको आग्रह

नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई घरबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ। केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए।

सञ्चारकर्मी लम्साल डाक्टर अम्वेडकर अवार्डवाट सम्मानित

सञ्चारकर्मी आरती लम्साल डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन्। भारतीय संविधान निर्माता डा. अम्वेडकरको नामबाट स्थापित सो अवार्डबाट सञ्चारकर्मी लम्साल सम्मानित भएकी हुन्।

सञ्चारकर्मी निष्काशनको चौतर्फी विरोध

सरकारी प्रशारण संस्था रेडियो नेपाल दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मीलाई जागिरबाट निकालिएपछि चौतर्फी विरोध चुलिएको छ । रेडियो नेपालले सुदूरपश्चिम प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत समाचारवाचक प्रकाश बम, उद्घोषकहरु सुनिता रावल र चक्र कुँवरलाई यसै भद्र महिनाबाट लागू हुनेगरी निष्काशन गरेको थियो ।

पत्रकारलाई सम्मान र पुरस्कार

चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २० औं वर्षको अवसर पारेर दुई सञ्चारकर्मीलाई सम्मान तथा तीनलाई पुरस्कार प्रदान गरेको छ । मंगलबार साँझ राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले रंग पत्रकारहरूमा नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता सम्मान’ बाट सम्मानित गरे । उनीहरूले सम्मानसँगै सम्मानपत्र, दोसल्ला र ट्रफी प्राप्त गरे ।

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीलाई राेक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समाचार संकलनका लागि आएका केही पत्रकारलाई प्रवेशमा रोक लगाएको छ। समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने सञ्चारकर्मीलाई सुरक्षाकर्मी ले पार्किङ क्षेत्रबाटै प्रवेश निषेध गरेका हुन।

आफू त तीज मनाइन्छ बरिलै !

केही वर्षअघि एउटा विद्युतीय सञ्चारगृहमा सञ्चारकर्मी महिला र पुरूषबीच तीज विषयमा अनौपचारिक बहस चलेको थियो । म एक्लै त्यो बहसको श्रोता र दर्शक थिएँ ।

सञ्चारकर्मी अनुपाको ‘रहस्यमय’ निधन

नेपालगन्जमा क्रियाशिल सञ्चारकर्मी अनुपा सिंह राजवंशीको ‘रहस्यमय’ निधन भएको छ। स्थानीय बागेश्वरी टेलिभिजनकी समाचार वाचिका रहेकी उनको नेपालगन्जस्थित एक होटलमा आयोजित पुल पार्टीमा सोमबार राती नृत्य गरिरहेको अवस्थामा निधन भएको हो।

४६ प्रतिशत सञ्चारकर्मीले मात्र महिनैपिच्छे तलव पाउँछन्

४६ प्रतिशत पत्रकारले मात्र महिनैपिच्छे तलब पाउने गरेको देखिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार २५% पत्रकारले २ महिनामा र १८ % ले तीन महिना वा त्यो भन्दा बढी समयमा मात्र तलव फाउने गरेको देखिएको छ।

सञ्चारकर्मी अभिनित म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी पवन भट्टराई अभिनित म्युाजिक भिडियो सार्वजनिक भएको छ। उनीसँगै मोडल सञ्चिता शाहीले अभिनय गरेकी छन्। विकास संगम राईको रचना र स्वर रहेको 'घायल चरी' शीर्षक रहेको गीतलाई बुढासुब्बा डिजिटलले बजारमा ल्याएको छ। म्युजिक भिडियोको निर्देशन आकाश उखेडाले गरेका छन्।

‘सञ्चारकर्मीबीच राजनीतिक ध्रुविकरण बढ्दो छ’

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारबाट काठमाडौँमा सुरु हुँदैछ । भावी नेतृत्वको लागि ३ जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । पेशागत संगठनमा बढ्दो राजनीतिकरण सांगठनिक पुनःसंरचना र सदस्यता शुद्धिकरण लगायतका मुद्दामा केन्द्रित भएर अध्यक्षका प्रत्यासी तिर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरसँग भएको कुराकानी :

विस्फोटक पदार्थसहित सञ्चारकर्मी पक्राउ

रौतहटमा प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । विस्फोटक पदार्थसहित दुई जना गेस्ट हाउसमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चन्द्रपुर नगरपालिका रहेको सुदर्शन होटलबाट ३० थान जिलेटिन, २२ थान डिटोनेटर र चार फिट फ्यूज सहित सञ्चारकर्मी र अर्का एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् ।

सञ्चारकर्मीविरुद्ध वनमन्त्री

चुरे क्षेत्र उत्खनन र ढुंगागिटी निर्यात खुला गर्ने तयारीमा प्रधानमन्त्रीलाई सहयोग गरिरहेको आरोप लागेका वनमन्त्री शंकर भण्डारीले सञ्चारमाध्यममा मुलुकको समृद्धि नचाहने व्यक्तिहरूको लगानी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्