८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङका सञ्चारकर्मीलाई मास्क र स्यानिटाइजर वितरण

पत्रकार महासंघ ताप्लेजुङ शाखालाई मास्क र स्यानिटाइजर हस्तान्तरण गर्दै औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समितिका पदाधिकारीहरु । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- ताप्लेजुङका सञ्चारकर्मीलाई औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समिति र जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेका छन् ।

औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समितिका अध्यक्ष सुन्दरमोहन शाक्यले मास्क तथा स्यानिटाइजरसहितका सामग्री पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाक‘प्रयास’लाई हस्तान्तरण गरेका हुन् । समाचार संकलन तथा सम्प्रेषणका लागि खटिने जनशक्तिलाई मध्यनजर गरी केहि मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समितिका अध्यक्ष शाक्यले बताए ।

यता कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले पनि सञ्चारकर्मीका लागि आवश्यक पर्ने मास्क र स्यानिटाइजर पत्रकार महासंघलाई हस्तान्तरण गरेको छ । समिति संयोजक संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले दैनिक रुपमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीको स्वास्थ्य सम्बेदनशिलतालाई ध्यानमा राखेर यी सामग्री हस्तान्तरण गरिएको जानकारी दिए । औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समितिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई समेत मास्क तथा स्यानिटाइजर दिएको जनाएको छ । प्राप्त भएको मास्क र स्यानिटाइजरलाई यहाँका ३ वटा रेडियो, एउटा दैनिकसहित २ वटा पत्रिका र राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीले पाउने गरी दामासाहीले वितरण गरिएको पत्रकार महासंघका कार्यवाहक जिल्ला अध्यक्ष पन्दाकले जानकारी दिए ।

यसैबीच फुङ्लिङ नगरपालिकाको १,२,३,४,६,८,९,१० र ११ नम्बरका वडा सचिवहरुले नगरपालिकाको स्थापित स्थानीय तथा आकस्मिक राहत कोषमा ५० हजार स्वेच्छिक रुपले ५० हजार रुपैयाँ जम्मा गरेका छन् । यी मध्ये वडा नं २ का वडासचिव कृष्णप्रसाद सुबेदीले १० हजार रुपैयाँ जम्मा गरेका छन् । वडा नं १ का वडासचिव भीमप्रसाद प्याकुरेल, वडा नं ३ का बिष्णुप्रसाद भट्टराई, वडा नं ४ का रनकुमार बिक, वडा नं ६ का इन्द्रकला गुरुङ, वडा नं ८ का हरिप्रसाद बराल, वडा नं ९ का सचिन रेग्मी, वडा नं १० का लोकेन्द्र बुढाथोकी र वडा नं ११ का वडासचिव दिलेन्द्र कार्कीले जनही ५–५ हजार रुपैंया गरी कूल ५० हजार रुपैयाँ नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरेका हुन् । स्वेच्छिक सहयोग गर्नेहरुले यो रकम कोरोना नियन्त्रण तथा व्यवस्थानका कार्यमा खर्च होस् भन्ने चाहना रहेको जनाएका छन् ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App