coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

चितवन – भरतपुरबाट टाँडी जाँदै गरेका चितवनका सञ्चारकर्मी प्रवीण पौडेलको दुर्घटनामा मृत्यु भएको छ। बा१प ९२१ नम्बरको स्कुटरमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका पौडेललाई पछाडिबाट ना२ख २१६६ नम्बरको ट्रकले शुक्रबार बिहान ११ बजे रत्ननगरको निपनीमा ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पौडेल एपी वान टेलिभिजनका क्यामरा पर्सन थिए। पौडेललाई ठक्कर दिने चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: १४ पुस २०७५ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App