४ वैशाख २०८१ मंगलबार
समाज

लामिछानेलाई सफाइ

फाइल तस्बिर

काठमाडौं – जिल्ला अदालत चितवनले सञ्चारकर्मी रवी लामिछानेलाई दुरुत्साहन मुद्दामा सफाइ दिइएको छ। आइतबार भएको फैसलामा गत भदौदेखि दुरुत्साहनको मुद्दामा अदालत धाइरहेका लामिछानेसहित पत्रकार युवराज कँडललाई मुद्दाबाट सफाइ दिइएको हो।

गत साउनमा पक्राउ परेका लामिछानेलाई चितवन प्रहरीले केही दिन थुनामा राखी अनुसन्धान गरेको थियो। पत्रकार शालिकराम पुडासैनीको नारायणगढको एक होटलमा मृत्यु भएपछि उनलाई दुरुत्साहन मुद्दामा कारबाही अघि बढाइएको थियो। अनुसन्धानपछि लामिछाने र कँडेलको संलग्नता नदेखिएकोपछि सफाइ दिइएको जिल्ला अदालत चितवनले जनाएको छ।

प्रकाशित: ८ माघ २०७६ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App