११ मंसिर २०८१ मंगलबार
image/svg+xml

त्रियुगाको पूर्वाधार निर्माणमा विश्व बैंकले सघाउने

सदरमुकाम त्रियुगा नगपालिकाका विभिन्न ४ वडाको भौतिक पूर्वाधार निर्माणतर्फ विश्व बैंकको सहयोगमा झण्डै दर्जन योजना निर्माण हुने भएका छन्।

नदी फर्काउन सुरुङको काम सकियो

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।

कोसी करिडोर निर्माण धिमा गतिमा

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोसी करिडोर) लोकमार्गको अझै सात किलोमिटर ट्र्याक छिचोल्नै बाँकी रहेको छ।

यलम्बर उद्यान अन्तिम चरणमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ।

चितवन विशेषः भरतपुरका ठुला आयोजना संघ र प्रदेशकै भरमा

अन्य पालिकामा भन्दा भरतपुर महानगरपालिकामा संघीय बजेट बढी नै आएको छ। पाँच वर्षको अवधिमा संघीय सरकारबाट १३ अर्ब रूपैयाँबराबरका आयोजना भरतपुरमा आए। चालु आवमा मात्रै ५ अर्ब ६४ करोड रूपैयाँबराबरका आयोजना संघीय सरकारबाट सञ्चालित छन्।

ऊर्जा पूर्वाधारमा साढे २० खर्ब लाग्ने

नेपालमा ऊर्जा क्षेत्रको पूर्वाधार निर्माणका लागि करिब साढे २० खर्ब रूपैयाँ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ।

पूर्ननिर्माण गरिँदै तालबराही, दुइदिनसम्म क्षमापूजा

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माणको तयारी थालिएको छ। मन्दिर तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पूर्ननिर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ। पूर्ननिर्माण सुरु हुनुअघि प्राण प्रतिष्ठा सहित मन्दिरमा दुइदिनसम्म क्षमा पुजा गरिएको छ।

बडिमालिकामा ५ करोडको धर्मशाला

पश्चिम नेपालकै बहुचर्चित बडिमालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि त्रिवेणी धाममा ५ करोड रूपैयाँ लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ।

कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिंदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रूपमा रहेको छ।

एक करोड रुपैयाँ लगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ।

फुकोट कर्णालीको सुरुङ निर्माण अन्तिम चरणमा

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

सुध्रिएन कर्णाली राजमार्गको व्यथा!

खर्च गरेकामध्ये कतिपय काम सम्पन्न भएर गुणस्तरीय भएका छैनन् भने कतिपय काम ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्पन्न हुन सकेका छैनन्।

सेजको निर्माणाधीन भवन भत्किँदा दुई जना घाइते

जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ‘सेज’ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको आशंका गरिएको छ।

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्