१० मंसिर २०८१ सोमबार
image/svg+xml

सिन्धुपाल्चोक विपद्का शोक

२०७३ असार ३१ मा भोटेकोसी खोलाले वितन्डा मच्चायो। भूकम्पले चिराचिरा परेको जमिन सबै खोलाले तान्यो। तातोपानीसम्म जाने सडक क्षतविक्षत बन्यो। लिपिङ र लार्चा नदी असपासका ६० घर खोलाले बगायो। धेरै मानिस विस्थापित भए। पर्यटकीय तातोपानी क्षेत्रमा पूर्ण रूपमा क्षति पुग्यो।

सरकारले ऋण लिएर भए पनि हाम्रो पैशा दिनुपर्छ: अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ :मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

निर्माण व्यवसायीको आरोपः सरकारले नै हामीलाई लुट्यो

नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन्।

मेटिएला कांग्रेसभित्र मनमुटाव?

व्यक्तिपिच्छे गुट निर्माण गरेर एकअर्काप्रति ‘तुष’ पालेका स्थानीय स्तरका कांग्रेसी कार्यकर्ता कतिपयले महामन्त्रीद्वयको प्रस्तावलाई सही तर्क गरे भने कतिपयले अग्रज नेताहरूलाई उछिन्न खोजेर ‘बढी जान्ने बनेको’ विश्लेषण गर्न भ्याए।

दाताको ऋणमा निर्माणाधीन सडकको प्रगति निराशाजनक

‘स्वदेशी लगानीका आयोजनाभन्दा दातृ निकायको अनुदान तथा ऋणमा निर्माणाधीन आयोजनाहरूको पुँजीगत खर्च र प्रगति कमजोर देखिएको छ।’

निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा

पछिल्लो एक सातादेखि निर्माण व्यवसायीले विभिन्न ९ वटा माग तेर्स्याउँदै चरणबद्ध आन्दोलन गरिरहेका छन्। सरकारले भने निर्माण व्यवसायीको मागप्रति पूर्णतया बेवास्ता गर्दै आइरहेको छ।

रकम भुक्तान माग गर्दै प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना (तस्बीरहरू)

सरकारले ठुलो रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायीहरू प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका छन्।

भुक्तानीका लागि ज्ञापनपत्रको साहारामा निर्माण व्यवसायी

सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा परेका छन्। उनीहरु भुक्तानीको माग गर्दै सम्बन्धित सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाइरहेका छन्।

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ।

पूर्वाधार निर्माण सुस्त

रूपान्तरणकारी आयोजना निर्माण गर्ने अभिभारा बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा पुँजीगततर्फ ६४.५८ प्रतिशत मात्रै खर्च गरेको छ।

न्यायाधीश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी

ललितानिवास जग्गा प्रकरणमा प्रहरीले न्यायाधीश विनोदकुमार गौतमलाई पक्राउ गर्न अनुमति लिन जाँदा अदालतले पक्राउ पुर्जी दिएन। ‘उहाँलाई अनुसन्धानको दायरामा ल्याउन सिआइबीले पक्राउ अनुमतिपत्र लिन खोजेको थियो तर अदालतले उहाँको हकमा अनुमति दिएन,’ सिआइबी स्रोतले भन्यो।

नेपाल निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

देवघाटमा ढुंगेधारा निर्माण

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटाको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्