हतुवागढीमा पदमार्ग निर्माण गरिंदै
भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शंखामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिंदै छ। प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।
भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शंखामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिंदै छ। प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।
तत्कालीन नेकपाबाट प्रधानमन्त्री बनेका केपी ओलीले नेकपाबाटै मुख्यमन्त्री बनेका तत्कालीन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई प्रदेश सरकारले स्वामित्व लिने गरी कटहरीको तरकारीबजार हस्तान्तरण गरे।
असार मसान्त भईसक्दा पनि नेपाल सरकारबाट ठूलो रकम भुक्तान नगरिएपछि निर्माण व्यवसायीहरु सडकमा उत्रिएका छन्।
बाँकेको नेपालगञ्जस्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्र रु एक करोड १५ लाखको लागतमा बनेको हो। उनले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरी स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको बताए।
सरकारले एकमुष्ट म्याद नथपेको विषयमा निर्माण व्यवसायी असन्तुष्ट भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरेर सरकारले आयोजनाको प्रगतिका आधारमा म्याद थप गर्ने अधिकार आयोजना प्रमुखको तजबिजमा छाडेकोप्रति आक्रोश व्यक्त गरेका छन्।
सर्लाहीको पर्सा गाउँपालिका-४ जिंगडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।
मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।
निर्माण सामग्री बिक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बासडर नियुुक्त गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन।
प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।
पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।
म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ। दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको तेह्रौं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सले बसोबासयोग्य काठमाडौं सहर विषयमा विज्ञहरूबीच छलफल चलाएको छ। छलफलमा सहभागी विज्ञले भौतिक निर्माणमा अब गो ग्रीन (वातावरणमैत्री) बनाइनुपर्नेमा जोड दिए।