८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

बाँकेको नेपालगञ्जस्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्र रु एक करोड १५ लाखको लागतमा बनेको हो। उनले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरी स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको बताए।

वडाअध्यक्ष रिजालका अनुसार ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माणका लागि सहरी विकास कोषबाट रु ६६ लाख,नगर विकास कोषबाट ३४ लाख र वडा नं १ बाट १५ लाख रकम सहयोग उपलब्ध भएको थियो।

पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र नगरप्रमुख प्रशान्त विष्टले ब्याडमिन्टन प्रशिक्षण केन्द्र सोमबार उद्घाघाटन गरेका हुन।

यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान खुला प्रतियोगिता सुरु भएको छ। सोही अवसरमा धम्बोझी निवासी पूर्वखेलाडीलाई सम्मान गरिएको थियो। 

प्रकाशित: २६ असार २०८० ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App