२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हतुवागढीमा पदमार्ग निर्माण गरिंदै

भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शंखामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिंदै छ। प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।

एक करोड ३४ लाख रुपैयाँ लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। यसलाई मुख्य पर्यटन क्षेत्रको रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ। आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले बताए।

यो आर्थिक वर्षमा यो पदमार्गको थप विकास तथा विस्तारका लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको उनको भनाइ छ।

भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शंखामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिंदै छ। प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।

‘गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौं’, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने,‘हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ। यसको थप विस्तार तथा विकासका लागि बजेट विनियोजन गरेका छौं। यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।’

पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ।

दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दूरीमा घोडेटार  रहेकाले यहाँ आउने पर्यटकको आवागमन बढ्ने उनले बताए। ‘यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौं’, उनले भने, ‘चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ। भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ।’

हरियालीसँगै फाँटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ। दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ। यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यको अवलोकन  गर्दै एकदेखि दुई दिन पूर्ण रूपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले बताए।

पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ।

किरात राजाहरूले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने उनको भनाइ छ। हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ।

‘हतुवागढी आफैंमा एक ऐतिहासिक क्षेत्र हो’, उनले भने, ‘यहाँको छुट्टै विशेषता छ। हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौं। यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागिपरेका छौं।’

यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ। घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या समेत बढेको छ। आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताइन्।

‘हतुवागढी आफैंमा एक ऐतिहासिक क्षेत्र हो’, उनले भने, ‘यहाँको छुट्टै विशेषता छ। हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौं। यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागिपरेका छौं।’

पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्त्व विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ।

हतुवागढीको सबैभन्दा अग्लो शंखामचुलीडाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशृंखलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ। शंखामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको  छ। पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताए। पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको संख्यामा समेत वृद्धि भएको उनको भनाइ छ।

प्रकाशित: ३ श्रावण २०८० ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App