१० मंसिर २०८१ सोमबार
image/svg+xml

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ।

सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण

अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो।

अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ।

सीमा विवाद नटुंगिदा पूर्वाधार निर्माणमा समस्या

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो। यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए।

दुई वर्षदेखी पुल निर्माण अलपत्र

ठेकेदारले सम्झौता अनुसार काम नगर्दा जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित किरण नालामा झण्डै २ वर्षदेखी पुल निर्माण कार्य अधुरै रहेको छ । नेपालगन्ज–परस्पुर–गौघाट सडक खण्ड अन्तरगत पर्ने उक्त पुल लुम्बिनी प्रदेश सरकारको बजेटबाट सडक पुर्वाधार विकास कार्यालय नेपालगन्जले बनाउन लागेको हो ।

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।

निर्माणाधीन आयोजनाको म्याद एक वर्ष थप्न माग

निर्माण व्यवसायीले निर्माणाधीन आयोजनाको म्याद एकैपटक एक वर्ष थप गरिदिन सरकारसँग माग गरेका छन्।

भारतीय प्रधानमन्त्री नेपाल-भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ -प्रधामन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डल स्तरमा वार्ता भएर नेपाल र भारत बिच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन्।

गुणस्तरीय प्रश्नपत्र निर्माणमा जोड

शिक्षाविद्हरुले विद्यालय तहको परीक्षामा गुणस्तरीय प्रश्नपत्र निमार्णमा जोड दिएका छन्।भक्तपुरको सूर्यविनायक नगरपालिका, काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुर र खवर एजुकेशन मिडियाको संयुक्त आयोजनामा विद्यालयस्तरको प्रश्नपत्र निर्माण र मूल्यांक विषयमा आज भक्तपुरमा भएको कार्यशालाका सहभागी शिक्षाविद्ले गुणस्तरीय प्रश्नपत्र निर्माणका लागि प्रशिक्षण आवश्यक भएको बताए।

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ। निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन्।

जलहरी प्रकरणबारे तथ्य पत्ता लगाउने सरोकार समितिको निष्कर्ष

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।

अलपत्र पुलको निर्माणको माग गर्दै स्थानीयवासीले थालेको अनसन जारी

लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।

पूर्वाधार निर्माणलाई सहजीकरण गर्ने नीति

सरकारले पूर्वाधार निर्माणमा देखिएका जटिलता र समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा नीतिगत व्यवस्था गर्ने प्रावधानलाई उच्च प्रथामिकतामा राखेर बजेट ल्याएको छ।

कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्