७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जलहरी प्रकरणबारे तथ्य पत्ता लगाउने सरोकार समितिको निष्कर्ष

फाईल तस्बिर

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

समितिले आज बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य तथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो।समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिए पनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरि सत्य तथ्य पहिचानको लागि पहल गर्नुपर्ने बताएको छ। 

त्यस्तै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर प्राङ्गणका विभिन्न संरचनाहरूको पुनः निर्माणको कामलाई तीव्रता दिनुपर्ने जनाएको छ।त्यसैगरी पशुपति क्षेत्र विकास कोषसँग भाडा सम्झौता गरी मारवाडी सेवा समितिले चलाइरहेको सटरहरूको नयाँ भाडा दर कायम गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी निष्कर्ष निकाल्नुपर्ने पनि समितिको सुझाव छ।

समितिले २०७९ चैत्र २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो।सो अनुगमनको क्रममा देखिएका समस्याहरूको समाधान गर्न समितिले विभिन्न सुझावहरु दिएको हो।समितिले श्लेषमान्तक वनमा मृत शरीर गाड्ने अवाञ्छित गतिविधि भइरहेको भन्दै उच्च सतर्कता सहितको सुरक्षा तथा निगरानी प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सन्तोषजनक नदेखिएकाले यसतर्फ पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको उपसचिव सरिता राना मगरले बताउनु बताइन।पशुपतिनाथ मन्दिर परिसरभित्रका अन्य मन्दिरहरूको सुरक्षाका लागि व्यवस्थित सुरक्षा प्रणाली अपनाउनुपर्ने पनि उनले  बताईन। 

प्रकाशित: १७ जेष्ठ २०८० ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App