५ आश्विन २०८१ शनिबार
image/svg+xml

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिंदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।

महानगर कार्यालयमुनि ढल पोखरी, निकासका लागि बालेनको प्रतीक्षा

काठमाडौं महानगरपालिकाको कार्यालय सुनधारास्थित ऐतिहासिक बागदरबारमा छ। बागदरबार २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि हाल जीर्णोद्धार कार्य चलिरहेको छ।

फोहोरमा राजनीतिः राजधानी सधैं दुर्गन्धित

फोहोर व्यवस्थापनमा काम गर्नुको साटो काठमाडौं महानगरपालिका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र एकअर्कालाई दोष देखाएर पन्छिने गरेका छन्। राजधानी समेत रहेको काठमाडौं उपत्यकाको फोहोर नउठेको दुई साता भएको छ। फोहोर सडकमा छरपस्ट छ।

दुर्गन्धित बन्दै सेती नदीः भविष्यमा विकराल समस्या आउन सक्ने विज्ञको चेतावनी

यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ।

सधैँ दुर्गन्धित अत्तरिया चाेक !

सुदूरपश्चिम प्रदेश सभाको बैठकले २०७५ असोज १२ गतेका दिन सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने निर्णय गर्‍यो । राजधानी गोदावरी नगरपालिकाको तेघरीमा घोषणा भएसँगै नगरपालिकाको एकमात्रै ठूलो र प्रदेशकै मुख्य प्रवेशद्वारका रुपमा रहेको अत्तरिया बजाले गति पाउने आशा लियो । तर, प्रदेशकै प्रवेश द्वारका रुपमा रहेको अत्तरियाले गति पाउन त कहाँ हो कहाँ उल्टै दुर्गन्धित ढलले बद्नामित हुन थालेको छ ।

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

डन्डा नदी किनारमा फालिएको फोहोरको डंगुर गन्हाएर बस्नै नसकिने भएपछि गत बिैरहवाको मेउडिहवाका स्थानीयले फोहोर बोकेका नगरपालिकाका गाडीलाई बाटैबाट फर्काइदिए।

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

भैरहवा नगरको फोहोर बुधबारदेखि उठ्न सकेको छैन। डण्डा नदी किनारमा फालिदै आएको फोहोर स्थानीय फाल्न अवरोध गरेपछि बिहीबार नगरको फोहोर उठ्न सकेको छैन।

व्यवस्थापन नहुँदा वधशाला दुर्गन्धित

ओखलढुंगाको सदरमुकामस्थित वधशाला दुर्गन्धित भएको छ। सिद्धिचरण नगरपालिकाद्वारा सञ्चालित सो वधशालाको सरसफाइमा नगरपालिकाले चासो नदिँदा दुर्गन्धित भएको हो।

फोहोरले ढाक्यो सहरः लहानमा फोहोर व्यवस्थापनको सदाबहार पिरलो

आन्तरिक विवादका कारण दुई सातादेखि नगरपालिकाले फोहोर नउठाउँदा लहानको मुख्य बजार दुर्गन्धित बनेको छ। सहरभर फोहोरको डंगुर थुप्रिएपछि बजार तथा लहानका चोक बसिनसक्नु बनेका छन्।

दुर्गन्धित ठाउँ बन्यो सुन्दर पार्क

काठमाडौं महानगरपालिका वडा नं. २० स्थित विष्णुमती किनारको दुर्गन्धित क्षेत्र यति बेला आकर्षक पार्कमा परिवर्तन भएको छ।

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ।

चिनी मिलको प्रदूषित पानीले खोला दुर्गन्धित

कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने प्रदूषित पानीले बंगरी खोला नै दुर्गन्धित बनेको छ।

एक सातादेखिको फोहोरले उर्लाबारी दुर्गन्धित

मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ।

फोहर फाल्ने ठाउँ नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्