१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

एक सातादेखिको फोहोरले उर्लाबारी दुर्गन्धित

उर्लाबारी – मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ। 

गत साउन २७ गते राति आएको बाढीपछि नगरभित्र फोहोर उठ्न सकेको छैन । उर्लाबारीको फोहोर उर्लाबारी –६ स्थित मावा खोलामा अस्थायी रूपमा राखिए पनि स्थानीयवासीको विरोध तथा बाढीका कारण त्यहाँ लैजान सक्ने अवस्था नभएका कारण फोहोर उठ्न नसकेको हो । सो क्षेत्रमा फोहोरको डंगुर थुप्रिएर झिँगा बढेको छ। 

नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्रालिले फोहोर विसर्जनस्थल नभएका कारण एक सातादेखि फोहोर उठाउन नसकिएको व्यवस्थापक नेत्र घिमिरेले जानकारी दिनुभयो । उनका अनुसार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको पहलमा उर्लाबारी– ५ स्थित झुम्रामा अस्थायी रुपमा फोहोर फाल्ने व्यवस्था मिलाइएको छ। 

प्रमुख फागोले जग्गा खोजी भइरहेको र दीर्घकालीन योजना बनाएर चाँडै फोहोर व्यवस्थापनका लागि डम्पिङसाइट बनाइने जानकारी दिए । नगरपालिकाले फोहोर विसर्जन गर्दैआएको उर्लाबारी– ३, बक्राहा खोलामा अवस्थित डम्पिङ साइट गत वर्ष असारमा बाढीले बगाएपछि हाल उर्लाबारी– ६ को मावाखोला किनारमा फोहोर फाल्ने व्यवस्था मिलाइएको थियो ।

गरपालिकाले तीन वर्षअघि रु सात लाख २१ हजारमा किनेको एक बिघा सात कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विसर्जन गर्दा बाढीले डम्पिङ साइट बगाएको थियो। 

उर्लाबारी नगर क्षेत्रबाट दैनिक २४ देखि ३० टन फोहोर निस्कने गर्छ । नगरपालिकाले वार्षिक रु १५ लाखमा फोहोर व्यवस्थापनको जिम्मा मेची महाकाली प्रालिलाई दिएको छ। रासस 

प्रकाशित: ४ भाद्र २०७४ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App