२ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

एसिसी महिला यू–१९ एसिया कपः भारतविरुद्ध सम्हालिएर ब्याटिङ गर्दै नेपाल

मलेसियाको क्वालालम्पुरमा जारी एसिसी महिला यू–१९ एसिया कप क्रिकेटमा अहिले नेपाली टोलीको प्रतिस्पर्धा भारतीय टोलीसँग भइरहेको छ । 

समूह चरणको अन्तिम खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाली युवा महिला टोली ब्याटिङमा उत्रिएको थियो । जारी खेलअनुसार हालसम्म १० ओभरको खेल सकिएको छ । जसमा नेपालले १ विकेट गुमाएर ४३ रन जोडेको छ । 

नेपालका तर्फबाट पहिलो विकेट सावित्री धामी ३ रनको व्यक्तिगत स्कोरमा आउट भइन । त्यसयता साना प्रवीण र कप्तान पूजा महतोले नेपाली इनिङलाई सम्हालेका छन् । 

हालसम्म सानाले ९ रन जोड्दा पूजाले १८ रनको योगदान दिएकी छन् । दुवै बिचमा ३६ रनको साझेदारी भएको छ । 

यसअघि सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित बनाएको थियो । पाकिस्तानलाई हराएको भारत पनि सेमिफाइनलमा पुगिसकेको छ । 

आजको नेपाल र भारतबिचमा समूह विजेताका टुङ्गो लाग्नेछ । 

प्रकाशित: २ पुस २०८१ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App