९ आश्विन २०८१ बुधबार
image/svg+xml

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी

चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रहेको छ।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु

इराकको पूर्वी प्रान्त दियालामा अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ।अन्य नौ जना घाइते भएका छन्।

भुक्तानी रोकिएको भन्दै पालिकामा तालाबन्दी

खेलकुदको कार्यक्रममा भएको खर्चको रकम नतिरेको भन्दै दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा व्यावसायीहरुले तालाबन्दी गरेका छन्।

विपन्न बालबालिका विद्यालयबाहिर

कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने वसन्ती वादीले कक्षा ६ पढ्दापढ्दै विद्यालय छाडिन्। उनको परिवार अहिले कर्णाली राजमार्गको छेउमा अस्थायी टहरा हालेर बस्दै आएको छ।

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन्।

भारतस्थित अफगानिस्तान दूतावास स्थायी रुपले बन्द

भारतले अफगानिस्तान दूतावास र कूटनीतिक मिशनलाई स्थायी रूपले बन्द गरेको छ।

कारागारका कैदीबन्दी जोखिममा

बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए।

चोभार सुक्खा बन्दरगाहको व्यवस्थापन निजी कम्पनीले गर्ने

चोभारको सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीले गर्ने भएको छ।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

टिकटक बन्द विरुद्धको सुनुवाइ आज

आज हुने सुनुवाइमा अन्तरिम आदेश दिनु पर्ने नपर्ने विषयमा निक्र्याैल हुन सक्ने रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए।

कोरला नाका खुलेपछि मुस्ताङीको दैनिकी सहज बन्दै

चीनसँगको कोरला नाका खुलेपछि उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासी दैनिक सामान लिन कोरला नाका भएर चीनको (नेचुङ-लिजी) बजार गइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्