२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिकटक बन्द विरुद्धको सुनुवाइ आज

टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ ।शनिवार र आइतबार छठ पर्वको बिदाका कारण सोमबार पेशी तोकिएको थियो।न्यायाधीश डा. कुमार चुडालको इजलासमा परेको रिट  हेर्न नभ्याइने भएपछि सोमबारको सुनुवाइ रोकिएर आज सुनुवाइ हुन लागेको हो।

आज हुने सुनुवाइमा अन्तरिम आदेश दिनु पर्ने नपर्ने विषयमा निक्र्याैल हुनसक्ने रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए।

टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णयको विरोधमा दश वटा रिट निवेदन शुक्रवार दायर भएका थिए । सामाजिक सञ्जाल नियन्त्रण गर्ने पछिल्ला सरकारका कदमले अभिव्यक्ति स्वतन्त्रतालाई बिस्तारै कमजोर बनाउँदै लगेको रिट निवेदकहरूको दाबी छ।

टिकटक बन्दको विरोधमा अधिवक्ता अनन्तराज लुइँटेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता फर्सुराम पाण्डे, स्वागत नेपाल, अधिवक्ता त्रिलोक चन्द, अधिवक्ता भद्र प्रसाद नेपाल, अधिवक्ता सुनिलरञ्जन सिंह लगायतका कानुन व्यवसायीहरुले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्। 

प्रकाशित: ५ मंसिर २०८० ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App