२३ वैशाख २०८१ आइतबार
image/svg+xml

'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'

कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत ७७ लाख बढी खोप प्राप्त

कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म ६० लाख ३९ हजार डोज कोभिसिल्ड र १६ लाख ८६ हजार डोज मोडेर्ना खोप नेपालले प्राप्त गरिसकेको हो। कोभ्याक्स सुविधाअन्तर्गत ती खोप २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म नेपालमा आपूर्ति भइसकेका छन्।

दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।

कोभिसिल्डको दोस्रो डोज नपाउँदा अन्योलमा ज्येष्ठ नागरिक

गत फागुन २३ गतेदेखि सुरु भएको दोस्रो खोप अभियानअन्तर्गत सरकारले १५ जिल्लाका ५५ वर्षमाथिका सहित देशभरका अन्य जिल्लाका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिक र अन्यलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको थियो।

कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका

सेरमले खोप नदिने भएपछि पहिलो डोज लगाएका १५ लाख नागरिकका लागि र अन्य समूहका लागि विकल्पका रूपमा नेपालले अन्य देशहरूसँग खोप खरिदको पहल गर्दै आएको छ।

गोरखामा आइतबारदेखि काेराेना खोपकाे दोस्रो मात्रा लगाइने

कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले आगामी आइतबारदेखि लगाउने भएको छ ।

कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ

कोभिसिल्ड खोपको दोस्रो डोज स्वास्थकर्मीहरूले लगाइसकेका छन्। त्यसरी दोस्रो चरणको खोप लगाइसकेका कतिपय स्वास्थकर्मीलाई भने कोरोना संक्रमण देखिएको छ। काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. कपिलमणि केसीमा कोभिसिल्डको दोस्रो खोप लगाएको करिब तीन सातापछि कोरोना संक्रमण देखिएको छ।

नेपालमा प्रयोग भइरहेको कोभिसिल्डलाई डब्लुएचओको मान्यता

कोरोनाविरुद्ध नेपालमा हाल प्रयोग भइरहेको कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ। संगठनले अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाको सहकार्यमा बनाइएका दुईथरी खोपमध्ये भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिसिल्डलाई सोमबार आपत्कालीन प्रयोग अनुमति दिएको हो। कोभिसिल्ड अहिले नेपालमा प्रयोग भइरहेको छ।

कोरोना खोप लाउन दुई दिन यात्राः खोप निःशुल्क, अन्य खर्च १० हजार

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्