१० मंसिर २०८१ सोमबार
image/svg+xml

हिमाल आरोहण शुल्क बढाउने तयारी

कुनै पनि विदेशी नागरिकले ८ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल आरोहण गर्न चाहेमा वसन्त ऋतुमा १ हजार ८ सय अमेरिकी डलर र शरद ऋतुमा ९ सय अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ।

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।

पोखराका निजी अस्पतालमा आँखाको निशुल्क उपचार

आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिका भित्र बढिरहेकाले त्यो संक्रमणको चक्रलाई रोक्न विभिन्न अस्पतालले निशुल्क सेवा दिएका छन्। यहाँको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, दृष्टि आँखा हस्पिटल र हिमालय आँखा अस्पतालले निशुल्क टिकट, आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी सेवा प्रदान गरेका छन्।

सुनसरी उद्योग वाणिज्य संघमा पनि निःशुल्क डेंगु उपचार शुरु

अस्पताल तथा निजी क्लिनिकहरूमा डेंगुका बिरामीहरूको चाप थेग्न गाह्रो भएपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ।

लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ। उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ।

चुनावी वाचा अनुसार रविले संचालन गरे मोबाइल क्लिनिक र महिलाको लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा गरेको बाचा पुरा गरेका छन्। आफ्नो चुनावी क्षेत्र चितवन २ नं मा उनले आजबाट मोबाइल क्लिनिक संचालन गरेका छन् भने महिलालाइ निशुल्क बस सेवा दिनकाे लागि ब्लु बसको पनि संचालन गरेका छन्।

ग्लोबल आइएमई बैंकले ल्यायो साउन स्पेसल अफर

ग्लोबल आइएमई बैंकले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर ल्याएको छ।

किन हुँदैन लक्ष्यअनुसारको राजस्व असुली?

सर्वसाधारणले सय रुपियाँको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने तर करोडौँ र अर्बौँको सामान ल्याउने ठूला व्यापारीले कर छल्ने भएपछि कसरी लक्ष्यअनुसारको राजस्व असुली हुन्छ?

सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्।

भानु नगरपालिकाले निःशुल्क उठाउँछ फोहर

तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउने गरेको छ। नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ।

एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क ओपन हाउस

एसईई दिएर बसेका विद्यार्थीहरुका लागि मार्गनिर्देशन गर्ने उद्देश्यका साथ भक्तपुरमा ओपन हाउस हुने भएको छ। असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुन लागेको हो।

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।

अतिरिक्त शुल्क नउठाउन टेलिभिजन प्रशारण संस्थालाई निर्देशन

टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाले उपभोक्तासँग अतिरिक्त शुल्क उठाएको गुनासो आएपछि सरकारले शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्