९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क ओपन हाउस

काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुर।

एसईई दिएर बसेका विद्यार्थीहरुका लागि मार्गनिर्देशन गर्ने उद्देश्यका साथ भक्तपुरमा ओपन हाउस हुने भएको छ। असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुन लागेको हो। एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि कुनकुन संकाय वा केके विषय पढ्दा कके हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ। कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ। साथै खेककुदलगायतका विभिन्न प्रतियोगिताहरु पनि सञ्चालन गरिने जनाइएको छ।  

स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम असार १६ गते अर्थात् जुलाई १ शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर कार्यक्रम हुने जनाए। कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुने छ। यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकबाट झण्डै एक किलोमिटर दक्षिणमा पर्दछ। स्कुलसम्म पुग्न कालोपत्रेसहितका फराकिलो सडक रहेको छ।

कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुने छ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने जनाइएको छ। साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन्।  

कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी विशेष रहने छ। यसको साथमा विभिन्न कलाकारहरुबाट मनोरञ्जन दिलाइने छ। साथै विभिन्न खेलहरु पनि हुने जनाइएको छ । कार्यक्रमको क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन ९ डिजिटल आर्ट, थ्रिडी आर्ट एण्ड पेन्टिंग हुने जनाइएको छ। साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर हुने जनाइएको छ। यस क्रममा फ्रि स्टलहरू पनि हुने जनाइएको छ।

कार्यक्रममा सहभागिताका लागि निःशुल्क बसकोसमेत व्यवस्था मिलाइएको छ । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे पुगेर स्कुलको बसमा चढेर निःशुल्क रूपमा आउनसक्ने व्यवस्था मिलाइएको छ ।

भक्तपुरको सवालमा भने दिनभरि नै प्रत्येक आधाआधा घण्टाको फरकमा पाण्डुबजारबाट स्कुलको गाडी चढेर आउनसक्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ।

प्रकाशित: १५ असार २०८० ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App