२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दिनभर दौडधुप, ओलीका तीन तुरुप

ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन्। ओलीले दाहाललाई कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर दाहालले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ।

दुवै पक्ष देशव्यापी गुट भेलामा

ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत गुट भेला गर्दै आएको छ। पार्टीभित्र विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनका नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ।

नेकपाको विवाद जिल्ला तहका विद्यार्थीसम्म, म्याग्दीमा झण्डै हात हालाहाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ। पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागी हुन आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन्।

नेकपा विवाद: दुवै समूह शक्ति परीक्षणमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल यति बेला शक्ति परीक्षणमा लागेका छन्। उनीहरूले आआफ्ना समूहका नेता कार्यकर्ता भेला गर्दै समर्थकको संख्या आकलन गर्न थालेका हुन्।

दाहाललाई बोलाएर ओलीले राखे सहकार्यको प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ ।

ओलीलाई अर्को धक्का

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो।

भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री

कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक ।

पार्टी फुटाउने क्षमता कसैसँग छैनः खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटाउने क्षमता कोहीसँग नभएको बताएका छन्।

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १६ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ।

ओलीसँगै जेल बसेका पाका नेताको सुझाव: पार्टी कुनै हालतमा फुटाउनुहुँदैन

प्रधानमन्त्री केपी ओलीसँगै १२ वर्ष जेल बसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिवाङका पुराना कम्युनिस्ट नेता नारायण लुङ्खिम लिम्बूको मन सत्तारूढ दलभित्रको किचलोका कारण कुँडिएको छ।

ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा दुवै पक्ष एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा छन्।

कांग्रेसमा टकराव

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणका कारण आम जनताको स्वास्थ्यमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा फसेपछि अनेक जनगुनासा सुनिन थालेका छन्।

एकताको बाँकी काम असोजमै सक्ने सहमति

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम असोजभित्रै सक्ने सहमति भएको छ।

मन्त्रालय संख्यामा मनमानी

नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष, एकपल्ट मन्त्री बनाइदिएपछि त्यो मान्छे सधैँ आफ्नो राजनीतिक हनुमान हुन्छ भन्ने स्वादिलो भ्रमबाट मुक्त हुनुहोस्।

पाँचमहिने विवादको कोर्स बदल्ने महासचिव पौडेल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाँच महिना लामो विवाद भदौको तेस्रो सातापछि मत्थर हुँदै सोही महिनाको अन्तिमसम्म आइपुग्दा महाधिवेशनसम्मका लागि टरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्