१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एकताको बाँकी काम असोजमै सक्ने सहमति

फाइल तस्बिर।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम असोजभित्रै सक्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बिहीबार भएको करिब साढे दुई घन्टा लामो छलफलमा अध्यक्षद्वयबीच सचिवालय बैठकमा भएका निर्णयहरूलाई कार्यान्वयन गर्ने र संगठन विभागले तयार पारेको कार्ययोजनालाई कार्यान्वयनमा लैजाने सहमतिसमेत भएको बालुवाटारनिकट स्रोतले जानकारी दियो।

असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र एकता खाका तयार पार्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको भए पनि त्यसको समय १६ गते नै सकिएको थियो। नेकपा सचिवालय स्रोतले दिएको जानकारीअनुसार अब बस्ने केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, रिक्त पदमा राजनीतिक तथा संवैधानिक नियुक्ति, पार्टीको केन्द्रीय संगठन विभागको कार्ययोजनालगायत एजेन्डा रहनेछन्। असोज २० गते बसेको सचिवालय बैठक अनशनरत डा. गोविन्द केसीको विषयमा केन्द्रित भएकाले प्रस्तावित एजेन्डामा कुनै छलफल भएको थिएन।

प्रस्तावित एजेन्डामा छलफल गर्न दुई अध्यक्षले निरन्तर भेटघाट गरिरहेका छन्। तर सहमति हुन सकेको छैन। जसका कारण मन्त्रिपरिषद् पुनर्गठन, अख्तियारलगायत निकायमा नियुक्ति हुन सकेको छैन। ‘रिक्त मन्त्रालयहरूमा मन्त्री नियुक्ति गर्ने विषयमा पनि दुई अध्यक्षबीच सहमति नहुँदा ढिलाइ भएको हो,’ नेकपानिकट स्रोतले भन्यो। अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय र सहरी विकास मन्त्रालयमा मन्त्री पद खाली छ।

प्रकाशित: २३ आश्विन २०७७ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App