१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाको विवाद जिल्ला तहका विद्यार्थीसम्म, म्याग्दीमा झण्डै हात हालाहाल

शुक्रबार बेनीमा सह–अध्यक्ष रन्जित तामाङलाई घेरेका प्रधानमन्त्री ओली निकटका विद्यार्थी । तस्बिर : हरिकृष्ण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ। पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागी हुन आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन्।  

अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले जिल्लामा प्रवेश गर्दा समेत संस्थागत जानकारी नभएको भन्दै सह अध्यक्ष तामाङ सहभागी भएको पत्रकार सम्मेलनस्थलमै पुगेर कडा प्रतिवाद गदैं पूर्व क्रान्तिकारीहरुलाई भेला गरेको आरोप लगाए। ‘सुटुक्क आएर गुटगट भेला गर्नुभयो,‘यो संगठनको भावना विपरित हो’ अध्यक्ष विश्वकर्माले तामाङलाई लक्षित गदैं भनेपछि केहीबेर निकै विवाद भएको थियो। शुक्रबार विहान आयोजित पत्रकार सम्मेलन लगत्तै ओली निकट विद्यार्थीका नेताले अनेरास्ववियूका केन्द्रीय सदस्य सुदिन पौडेल, म्याग्दीका सह अध्यक्ष रेशम कटुवालसंग विवाद भएको थियो।  

पत्रकार सम्मेलन भएको स्थानबाहिर करिब आधा घण्टा दुवै पक्ष बीच विवादमा सह–अध्यक्ष तामाङले आक्रमणको शैलीमा आएको भन्दै आपत्ती जनाएका थिए। यता म्याग्दीका सह अध्यक्ष कटुवालले जिल्ला कमिटीमा सबै जानकारी गराएको बताए। ‘हिजोका बैठकमा उहाँहरुले शोकसभामा सहभागी हुने प्रस्तावलाई स्वीकार गर्न सक्नुभएन्,‘केन्द्रिय सहअध्यक्ष आउनु अगाडी नै गएर श्रद्धाञ्जली सभा गर्नुभयो’ कटुवालले भने। जिल्लाका सबै नेताहरुलाई जानकारी भएको बताउँदै सत्ताको दम्भ देखाएर अराजकता मच्चाएको आरोप लगाए। म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतमा स्वर्गीय पौडेलको घरमा हुने श्रद्धान्जली सभाको जानकारी चारदिन अगाडी नै रहेको कटुवालको भनाइ छ। झन्डै दुवै पक्ष बीच हात हालाहलको अवस्था आएको थियो।  

विवादलाई साम्य पार्न प्रहरी समेत पुगेका थिए। पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँड्ने गरेको यस अगाडी समेत ओली निकटले आरोप लगाउने गरेका थिए। जिल्लामा आउने क्रममा देखाइएको उछ्रिंखलतालाई केन्द्रमा समेत जानकारी गराउने सह–अध्यक्ष तामाङले बताएका छन्। उनले आफ्नो कुनै स्वार्थ नभएको र सहकार्यबाटै पार्टीको विवाद समाधानको प्रयास गरेपनि अनावश्यक विवादले थप तिक्तता बढेको बताएका छन्।

प्रकाशित: ३ पुस २०७७ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App