८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता, हेल्प नेपालको जित

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ।

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ।

काभा भलिबलः नेपाल र भारत भिड्दै

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्न लागेको हो।

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ।

आर्मी र पुलिस फाइनलमा

ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

दुवै पुलिसबीच फाइनल भिडन्त

ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

पुलिसको विजयी सुरुआत

विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु पहिलो संस्करणको पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

तेस्रो टाईगर कप भलिबल: आर्मीलाई पराजित गर्दै महिलातर्फको उपाधि सशस्त्रलाई

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाइनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो।

बुधबारदेखि प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता

गण्डकी प्रदेश भलिबल संघको आयोजनामा प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ।

टोल विकासस्तरीय भलिबल उपाधि सुनौलोलाई

वडाको युवालक्षित कार्यक्रम अनुसार खेलकुद विकासतर्फ स्वीकृत वार्षिक बजेट सहयोगमा २ दिने प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा सुनौलोले जित हात पारेको हो। वडाभित्र क्रियासिल विभिन्न १० वटा टोल विकास संस्थाको सहभागीता रहेको प्रतियोगितामा अन्य ९ समूहलाई पराजित गर्दै सुनौलोले उपाधि हात पार्न सफल भएको हो।

राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

बुधबार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो। स्वर्णपदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८मा खेल खेलेको थियो।

राष्ट्रिय महिला भलिबल: दुई विभागीय, गण्डकी र बागमती प्रदेश सेमीफाइनलमा प्रवेश

पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बीनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। त्यस्तै बागमती प्रदेशले समेत २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

ताप्लेजुङमा यसवर्षको मेयरकप आउँदो असोज ८ गतेबाट सुरु हुने

प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गतेभित्र फुङलिङ नगर कार्यपालिकामा पठाइसक्नुपर्ने हुन्छ।

कालिकोटमा दोस्रो कर्णाली गोल्ड कप हुने

‘खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, विकास समाजका लागि’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिता असोज १० गते सुरु हुने आयोजक कमिटीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। १० गते प्रतियोगिताको उद्घाटन गरेर १३ गतेसम्म सञ्चालन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्