५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कालिकोटमा दोस्रो कर्णाली गोल्ड कप हुने

कर्णाली प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिता असोज १० गते हुने भएको छ। कर्णाली प्रदेशकै अहिलेसम्म ठूलो पुरस्कार राशि यस प्रतियोगितामा रहेको छ। लिङ्गासैनी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो।

‘खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, विकास समाजका लागि’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिता असोज १० गते सुरु हुने आयोजक कमिटीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। १० गते प्रतियोगिताको उद्घाटन गरेर १३ गतेसम्म सञ्चालन हुनेछ।

लिङ्गासैनी युथ क्लबका अध्यक्ष हिक्मतजंग मल्लले पत्रकार सम्मेलनमा यो प्रतियोगितामा कर्णाली प्रदेशकै ठूलो पुरस्कार राशि रहेको बताए। मल्लले प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ र द्वितीय हुनेलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार राशिसहित ट्रफि र मेडलको व्यवस्था रहेको बताए।

कोरोना महामारीको समयमा पनि लिङ्गासैनी युथ क्लबले राहत वितरणका कामदेखि स्वास्थ सामग्री समेत वितरण गरेको थियो। विभिन्न सामाजिक कार्यमा संलग्न रहेको लिङ्गासैनी युथ क्लबले २०७६ सालमा पनि प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिता गराएको थियो।

कर्णाली प्रदेशका १० वटा जिल्लाहरुबाट खेलाडीहरु उपस्थित हुने छन्। कोरोनाका कारण २ वर्ष यता प्रतियोगिताहरु सञ्चालन गर्न नसेको क्लबले यस पटक प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिता गर्न लागेको हो। प्रदेशमै अहिलेसम्मको ठूलो पुरस्कार राशि रहेको उक्त प्रतियोगिता सञ्चालनका लागि केही चुनौती देखिय पनि विगतका दिन झै यस पटक प्रतियोगिता शान्तिपूर्ण र भव्य तरिकाले सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक महेश भारतीले बताए।

नौवटा प्रतियोगिता लिङ्गासैनी युथ क्लबले कालिकोटमा सञ्चालन गरेको छ। आयोजकको टिमबाट खेलाएको खेलाडीलाई प्रोत्साहन स्वरुप पारिश्रमिक दिने निर्णय समेत यस क्लबले गरेको छ। विगतका दिनमा खेलाडीलाई खान र बासको व्यवस्था हुने गरेको थियो भने यसपटक जिते पनि हारे पनि खेलाडीलाई पारिश्रमिक स्वरुप केही रकम उपलब्ध गराउने बताइएको छ।

प्रकाशित: ९ भाद्र २०७९ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App