८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

टोल विकासस्तरीय भलिबल उपाधि सुनौलोलाई

भलिबल विजेता टीमसँग सामूहिक तस्बिर खिच्दै वडाध्यक्ष राई (बीच)

यसवर्षको दिपावलीको अवसर पारेर ‘त्रियुगा नगरपालिका वडा नं. १६ द्वारा आयोजित ‘टोल विकास संस्थास्तरीय भलिबल प्रतियोगिता’को उपाधि सुनौलो टोल विकास संस्था सुकौराले चुमेको छ।

वडाको युवालक्षित कार्यक्रम अनुसार खेलकुद विकासतर्फ स्वीकृत वार्षिक बजेट सहयोगमा २ दिने प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा सुनौलोले जित हात पारेको हो। वडाभित्र क्रियासिल विभिन्न १० वटा टोल विकास संस्थाको सहभागीता रहेको प्रतियोगितामा अन्य ९ समूहलाई पराजित गर्दै सुनौलोले उपाधि हात पार्न सफल भएको हो।

शनिबार र आइतबार २ दिन चलेको प्रतियोगिताको फाईनलमा सुनौलोले लालीगुराँस टोल विकास संस्था आहालेलाई सोझो सेटमा पराजित गरेको हो। प्रतियोगतामा तेस्रो स्थान सिरुवानी काभ्रे टोल विकास संस्थाले पाएको वडा खेलकुद विकास समिति अध्यक्ष पेशल राईले बताए।

जिल्लास्तरीय रेफ्री सन्तोष रोका र राजकुमार रोकाको एम्पाइरिङमा सम्पन्न प्रतियोगिताको समापनमा प्रमुख अतिथि वडाध्यक्ष मानबहादुर राईले विजेता टिम र खेलाडीलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरे। पुरस्कार वितरण समारोहमा वडाध्यक्ष राईले हरेक युवालाई खेलकुदको माध्यामले स्वस्थ्य, अनुशासित र गतिसिल नागरिक बनाउन युवालक्षित कार्यक्रममार्फत खेलकुद गतिविधि आयोजना गर्दै आएको बताए।

गाउँ-गाउँमा लुकेका प्रतिभाहरुलाई यस्ता प्रतियोगिताको माध्यामबाट राष्ट्रियस्तरको खेलाडीमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको वडाध्यक्ष राईको भनाइ थियो। राईले गत विगत वर्षहरुदेखि नै यस्ता प्रतियोगिताहरु आयोजना गर्दै आएको भन्दै आगामी वर्षहरुमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिन बजेट तथा कार्यक्रम थप गर्दै जाने प्रतिबद्धता पनि जनाए।

सदरमुकामको नगरपालिका भए पनि त्रियुगाको १६ नं. वडा पहाडी भेग र विकट रहेकाले फुटबलभन्दा भलिबल खेलको भविष्य राम्रो रहेकाले यसैमा जोड दिन उनले युवाहरुलाई हौस्याए। १६ नं. वडाले २ वर्षअघि ‘जाल्पा गोल्डकप फुटबल प्रतियोगिता’को सुरुवात गरेको थियो तर, खेलाडीहरुमा फुटबलभन्दा भलिबलमै बढी आकर्षण देखिएकाले गोल्डक स्थगित भएको छ। चालु वर्ष सञ्चालन गर्ने या नगर्ने विषयमा टुंगो नलागिसकेको अध्यक्ष राईले बताए।

प्रकाशित: १४ कार्तिक २०७९ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App