२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

आर्मी र पुलिस फाइनलमा

ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली आर्मीले एपिएफ क्लबलाई ३–१ को सेटमा हराएर फाइनल स्थान पक्का गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले एपिएफलाई २५–२७,२५–१९,२५–१५ र २५–१९ को सेटमा स्तब्ध बनाएको हो।  

दोस्रो सेमिफाइनलमा पुलिसले ललितपुर महानगरपालिकालाई ३–० ले हराएर आर्मीसँगको भेट पक्का गरेको हो। पुलिसले ललितपुरमाथि २५–१५,२५–११ र २५–१५ को जित निकाल्यो। अब आर्मी र पुलिसबीचको फाइनल शनिबार हुनेछ। एपिएफ र ललितपुरबीच तेस्रो स्थानका लागि खेल हुनेछ।  

महिलातर्फको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्नेछन्। महिलातर्फ त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ। शुक्रबार न्यु डायमन्डलाई २५–२०,२५–२२ र २५–२२ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो। ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रूपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: १६ वैशाख २०८० ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App