२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतबाट फर्किएकी संक्रमित महिलाको मृत्यु

रोजगारीका लागि भारत गएकी ती महिला एक साता अघिमात्र घर फर्किएकी थिइन्। भारतको तीव्र रूपले कोरोना भाइरस फैलिन थालेपछि उनी घर फर्किएकी परिवारले जनाएका छन्। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मृतक महिला शनिबार अस्पताल पुगेकी जिल्ला अस्पताल सल्लेका फोकल पर्सन इश्वर रावलले जनाए।

अस्पताल धाउँदाधाउँदै कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा एक जना कोरोना पोजेटिभ भएकी महिलाको सोमबार मृत्यु भएको छ।

भेरी अस्पतालमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु

कोरोना संक्रमणका कारण नेपालगन्जको भेरी अस्पतालमा स्टाफ नर्सको मृत्यु भएको छ। दाङको एक स्वास्थ्य संस्थामा कार्यरत तुलसीपुर नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको अस्पतालका एनेस्थेयोलोजिस्ट डा. पारश पाण्डेले जानकारी दिए।

भारतबाट फर्किएकी महिलाको कोरोनाले मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमित रुकुम पश्चिममा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

कोहलपुरका ७५ वर्षिय संक्रमित पुरुषको घरमै मृत्यु

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ निवासी ७५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ। पक्षघातको उपचारका लागि भारत पुगेका उनी गम्भीर बिरामी परेका थिए। अवस्था गम्भीर भएपछि अस्पतालको सिफारिस अनुसार घरमै लैजाने सल्लाह बमोजिम नेपाल फर्केका थिए।

दाउन्ने दुर्घटना अपडेट: घाइतेमध्ये तीनको मृत्यु

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ नवलपरासीको दाउन्नेमा दुर्घटना भएको थियो । बस सडकबाट करिब दुइ सय मिटर तल भिरमा खसेको थियाे। दुर्घटनामा बसमा सवार ३१ जना घाइते भएका थिए।

बुद्धको नजरमा मृत्युदण्डको सजाय

लन्डनमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको दृश्य हेर्न भेला भएको ठाउँमा पनि पकेट मार्ने घटना भयो, जबकि पकेट मारेकै प्रसंगमा त्यहाँ कसैलाई मृत्युदण्ड दिइँदै थियो। कानुनी कारबाहीले मात्रै परिवर्तन ल्याउन सक्दैन भन्ने कुराको यो घटना गतिलो उदाहरण हो।

हात्तीको आक्रमणबाट किसानको मृत्यु

गहुँ बालीको कुरुवा बसेका सप्तरीको एक किसानको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट किसानको मृत्यु

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए।

कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पिसिआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको थियो। कोरोना पुष्टि भए बुधबार दिउँसो नोबेलले उपचारका लागि कोसी अस्पताल पठाएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँयातर्फको रेलिङमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने बर्ष ३२ को महेश शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको मृत्यु

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

दुर्घटनामा एक वृद्धाको मृत्यु

बिहानको घुमघाममा निस्किएकी ७५ वर्षीया मैयादेवी प्रधानलाई प्र–१–०२–००१ ख ८५३० नम्बरको टिप्परले ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्