२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वीरगन्जमा दुई दिनमा ५ जना संक्रमितको मृत्यु

वीरगन्जमामा कोरोना भाइरसबाट संक्रमित ५ जनाको दुई दिनभित्र मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना पर्साका र एक जना बाराका छन्।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सोमबार राति मोरङको पथरीशनिश्चरेमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मे१त नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा करिब राति ८ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

वीपी प्रतिष्ठानमा विराटनगरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा गए राती एक जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको राती साढे ९ बजे निधन भएको हो।

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो। विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो।

सेनाको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

घटनापछि आक्रोसित स्थानीयले नेपाली सेनाको ट्रक तोडफोड गरेका छन्। ट्रक आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले एक राउण्ड अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ।

एकै परिवारका नौ जनामा कोरोना, एकको मृत्यु

भारतमै कोरोना संक्रमित भई अघिल्लो साता ढाँटेर दैलेख आएका ३८ वर्षीय एक युवाको सिंगो परिवार नै संक्रमित भएको छ। अघिल्लो हप्ता ती युवाको दुल्लु अस्पतालबाट उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। मृत्युपछि मात्र उनी भारतबाट कोरोना संक्रमित भएको पुष्टि भयो।

स्काभेटर पुरिँदा चालकको मृत्यु

आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले जानकारी दिए। पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ।

विराटनगरमा संक्रमित एक पुरुषको मृत्यु

उनलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। छाती दुख्ने र ज्वरो आउने समस्या रहेका पुरुषलाई अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

कोरोना बाँके: १२ घण्टाभित्र तीन संक्रमितको मृत्यु

पछिल्लो १२ घण्टाभित्रमा कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुने बाँकेको संख्या ८७ र बाहिरी जिल्लाको मृतक संख्या १ सय ४ पुगेको फोकल पर्सन ओलीले जानकारी दिए।

कोरोना संक्रमणको दोस्रो लहर: तीन दिनमा ७२ जनाको मृत्यु

पहिलो कोरोना संक्रमणको अवधिमा भन्दा अहिले तीव्र रूपमा संक्रमणदर बढेका कारण मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गत वर्ष कोरोना संक्रमण दैनिक ४ देखि ५ हजार पुगे पनि मृत्यु हुनेको संख्या कम थियो।

बञ्चरो प्रहारबाट एक जनाको मृत्यु

आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए।

तावाखोलामा नुहाउन गएका बालकको डुबेर मृत्यु

उदयपुरका एक बालकको डुबेर मृत्यु भएको छ। कटारी नगरपालिका ७ रतनपुरका पूर्णबहादुर मगरका ४ वर्षीय छोरा रितेशकुमारको शनिबार दिउसो स्थानीय तावा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँकेमा एकै रात पाँच संक्रमितको मृत्यु

बाँकेमा एकैरात ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नोपलगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि यही बैशाख १ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियाे।

सिकार खेल्न गएका एकको मृत्यु, दुई पक्राउ

वैशाख ८ गते सोमबार केराबारी–३ का ३७ वर्षीय गजेन्द्र राई र सोही ठाउँका अर्का २६ वर्षीय रुबिन लिम्बू मिली तीन जना जंगलमा सिकार खेल्न गएको र मंगलबार हस्तबहादुर गोली लागी मृत अवस्थामा फेला परेको डिएसपी मुकारुङले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्