२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तावाखोलामा नुहाउन गएका बालकको डुबेर मृत्यु

उदयपुरका एक बालकको डुबेर मृत्यु भएको छ। कटारी नगरपालिका ७ रतनपुरका पूर्णबहादुर मगरका ४ वर्षीय छोरा रितेशकुमारको शनिबार दिउसो स्थानीय तावा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।  

घरदेखि अन्दाजी १ किलोमिटर पश्चिम तावाखोलामा नुहाउने क्रममा बालकको डुबेर बालक गम्भीर घाईते भएका थिए। डुबेको देखेर साथीहरुले खोलाबाट निकालेर उपचारका लागि कटरी अस्पताल पुर्‍याउँदा डा.ले बालकको मृत्यु भईसकेको घोषणा गरेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय कटारीबाट गएको नायव उपरीक्षक (डिएसपी) नेतृत्वको टोलीका घट्नास्थलको जर्जमिन मुचुल्का गरी फर्केको छ। मृतकको शव कटार अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाई सकेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७८ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App