२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा संक्रमित एक पुरुषको मृत्यु

मोरङको विराटनगरका एक जना कोरोना भाइरस संक्रमित पुरुषको आइतबार राति उपचारका क्रममा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–२ का ४० वर्षीय पुरुषको उपचारका क्रममा राति सवा १० बजेतिर मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ।

उनलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। छाती दुख्ने र ज्वरो आउने समस्या रहेका पुरुषलाई अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। कोरोना संक्रमण कम हुँदै गएपछि सक्रमितको उपचार गराउने आइसोलेसन नोबेलले बन्द गरेको थियो। 

तर दोस्रो लहरको कोरोना सुरु भएपछि आइतबारबाट पुनः आइसोलेसन सञ्चालनमा ल्याएर उपचार गर्न थालेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।  आइसोलेसन पुनः सञ्चालन गरेकै दिन ६ जना संक्रमित भर्ना भएकामध्ये १ जनाको मृत्यु भएको दाहालले बताए। अहिले नोबेलको आइसोलेसनमा ५ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित: १३ वैशाख २०७८ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App