२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोनाका कारण इनरुवामा एक व्यापारीको मृत्यु

कोरोनाका कारण सुनसरीमा एक व्यापारीको मृत्यु भएको छ । कोरोनाको भयावह स्थिति बनिरहेको इनरुवामा शनिबार एक चस्मा व्यापारीको मृत्यु भएको हो।

माछा मार्न गएका मगरको दहमा डुबेर मृत्यु

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उदयपुरका एक स्थानीयको ज्यान गएको पुष्टि भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका ७ का ४२ वर्षीय माउले भन्ने हेमबहादुर बुर्जामगर माछा मार्ने क्रममा अघिल्लो दिउँसो डुबेर बेपत्ता भएका थिए।

भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका संक्रमित मध्ये एकैरातमा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बाँकेवासी हुन् ।

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो। अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो।

चट्याङबाट एक महिलाको मृत्यु

चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीकी एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेतिर आएको हावाहुरी र बर्षासँगै परेको चट्याङले ४३ वर्षीया सुकवती राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राई बताए।

अछाममा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

धरानमा संक्रमित एक पुरुषको मृत्यु, एक सातामा ५९ लाई संक्रमण पुष्टि

मृतक दुई दिनअघि मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्तपालमा भर्ना गरिएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। मृतकलाई उच्चरक्तचापको समस्या भएको पनि प्रतिष्ठानले जनाएको छ।

नारायणी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए।

भारतमा कोरोना: २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन्।

ट्रकको ठक्करबाट मृत्यु

पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ।

कोरोना संक्रमणबाट गोरखामा दुई दिनमा दुई जनाको मृत्यु

कोरोनाका कारण गोरखामा सोमबार र मंगलबार दुई दिनमा दुईजनाको मृत्यु भएको छ। सोमबार भीमसेन थापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यु भएको थियो। मंगलबार गोरखा नगरपालिका १४ का अर्का एक पुरुषको मृत्यु भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

करेन्ट लागेर भक्तपुरमा एकको मृत्यु

करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. २ कुन्चोक घर भई हाल भक्तपुरको राधे राधे बस्ने वर्ष २० को संजीव भारतीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कोरोना संक्रमण तीव्र, रोकिएन मृत्युदर

भेरी अस्पतालले एक सूचना जारी गर्दै संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालले थेग्न नसक्ने जनाएको छ। बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको अस्पतालले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्