coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

धरानमा संक्रमित एक पुरुषको मृत्यु, एक सातामा ५९ लाई संक्रमण पुष्टि

धरानमा कोरोना संक्रमित एक व्यक्तिको निधन भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोडिभ अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको निधन भएको हो। प्रतिष्ठानका अनुसार गए राती ११ बजेर ५७ मिनेटमा ती संक्रमितको निधन भएको थियो।  

मृतक दुई दिनअघि मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्तपालमा भर्ना गरिएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। मृतकलाई उच्चरक्तचापको समस्या भएको पनि प्रतिष्ठानले जनाएको छ।  

एक सातामै ५९ जनामा संक्रमण पुष्टि

धरानमा पछिल्लो एक सातामा ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ। कोरोनाको दोस्रो लहर सुरु भएसँगै धरान पनि संक्रमणको चपेटामा पर्दै गएको छ। धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता दैनिकरुपमा संक्रमितको दर पनि बढ्दै गएकोले चिन्ता प्रकट गरेका छन्। 

उनका अनुसार वैशाख ३ गतेदेखि आजसम्म सात दिनमा ५९ जना संक्रमित पुष्टि भइसकेको छ। ती मध्ये अधिकांश भारत आउजाउ गर्नेहरु रहेको पनि उनले जानकारी दिए। धरानमा आज बिहान मात्र १६ जनालाई संक्रमण पुष्टि भएको छ। हिजो बुधबार २० जनामा संक्रमण पुष्टि भएको मेहताले बताए।  

प्रकाशित: ९ वैशाख २०७८ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App