१६ आश्विन २०८१ बुधबार
image/svg+xml

बास्केटबल लिग हुने

नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ।

सात महिनामै भत्कियो खेल मैदानको पर्खाल

निर्माण कम्पनीले समयमै पर्खाल निर्माण गरेर हस्तान्तरण गरे पनि गुणस्तरिय काम नहुँदा सात महिनामै पर्खाल ढलेको स्थानीय बताउँछन्।

स्वर्गद्वारीको जग्गा हडप्न फेरि चलखेल

विभिन्न नाममा जग्गा हडप्ने चलखेल भएपछि त्यसलाई रोक्न आश्रमका पुजारी, महात्मा, कर्मचारी अहिले काठमाडौं आएका छन्। उनीहरूले आश्रमको जग्गा जोगाउन वकिल तथा पूर्वप्रशासकसँग भेटी परामर्श थालेका छन्।

भद्रगोलतिर राष्ट्रिय खेल

एक समय कोमामा रहेको नेपाली भलिबल पछिल्ला केही वर्षयता बिस्तारै जुरमुराउने प्रयास गर्दै छ। भलिबललाई राष्ट्रिय खेल बनाएपछि यसको विकास क्रमले थप उचाइ लिँदै छ।

जुडो टोली चीन जाने

प्रोग्राम वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार चीनको झिनहुवा जाने भएको छ।

प्रचार प्रमुखमा दुलाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत प्रचारप्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ। २०७६ साल साउन १४ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो।

जापानमा नेपाली खेलाडी विजयी

जापानको नागोया शहरमा भएको किक बक्सिंग प्रतियोगितामा नेपाली खेलाडी विजयी भएका छन्। आईतवार नागोयामा सम्पन्न ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियनलाई हराएर विजयी बनेका हुन्।

च्याम्पियन्स लिग विजेता नेपोलीसँग स्तब्ध

लिभरपुलले आइतबार प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा नेपोलीलाई ३–० को नतिजा सुम्पिएको छ। प्री सिजन भ्रमणमा च्याम्पियन्स लिग विजेता लिभरपुलले ४ मैत्रीपूर्ण खेलमा जितको स्वाद चाख्न पाएको छैन। यसअघि लिभरपुलले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डलाई र स्पेनिस ला लिगा क्लब सेभियालाई नतिजा सुम्पिएको थियो भने स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको थियो।

टी-२० विश्वकप खेल्ने नेपालको आशा समाप्त

सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएसँगै नेपालको टी-२० विश्वकप खेल्ने आशा समाप्त भएको छ।

खेल खर्च जुटाउन सिमी खेती

जुम्लाका एथलेटिक्स खेलाडी सिमी खेती गरेर खर्च जुटाउन थालेका छन्। ‘डाइट’ र प्रतियोगितामा भाग लिनकै लागि खर्च अभाव हुन थालेपछि विकल्पका रूपमा सिमी खेतीतिर लागेका हुन्।

धरानमा बास्केटबल क्रेज बढ्दो

राष्ट्रिय खेलकुद परिषद्ले धरान १६ स्थित रंगशालामा मिनी कभर्ड हल बनाएको थियो। जसमा तेक्वान्दो, कराते, उसु खेल मात्र प्रशिक्षण गराउन मिल्थ्यो। गत आर्थिक वर्ष २०७५÷७६ मा धरान नगर खेलकुद विकास समितिले थप २० लाख लगानी गरेर सुविधासम्पन्न बास्केटबल कोर्टसमेत बनायो।

चुनाव जित्न आर्थिक चलखेल र पार्टीगत प्यानल

८ हजार ४ सय ६५ साधारण सदस्य सहभागी हुने चुनावले नौ सदस्यीय कार्यसमिति चयन गर्नेछ। यसअघि ७ सयको हाराहारीमा साधारण सदस्य थिए। यसपालि थपिएका साधारण सदस्यहरूकै लागि उम्मेदवारहरूले डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाइएको छ।

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।

समृद्धिका खेल विकास अनिवार्य सर्तः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्