१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समृद्धिका खेल विकास अनिवार्य सर्तः खेलकुदमन्त्री

फाइल तस्बिर ।

काठमाडौं– युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताएका छन्।

उनले मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य सर्त भएको दाबी गरे। त्यसको विकासमा आवश्यक सहयोग गर्न पनि सम्वद्ध सबै पक्षलाई उनले अपिलसमेत गरेका छन्। उनले सरकारले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए।

कार्यक्रममा नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटवल टोलीलाई जनही ३२ हजार पाँच सय नगदसहित सम्मान पनि गरिएको थियो। सम्मान हुने नेपाली टोलीका २० जना खेलाडी र एक प्रशिक्षक छन्।

प्रकाशित: ८ श्रावण २०७६ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App