१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सिधा कुराका सम्पादक, प्रकाशक र सूचनादाताविरुद्ध मुद्दा दायर

सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दायर भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।

सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध मुद्दा दायर गरेको छ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।

प्रकाशित: १४ असार २०८१ १६:२० शुक्रबार

#Sida kura