४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

बास्केटबल लिग हुने

काठमाडौं – नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ।

बिहीबार आयोजकले पत्रकार सम्मेलन गरेर देशबाट लुेकेका प्रतिभा खोज्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो। यसअघिका दुई पुरुष बास्केटबल लिग र एक महिला बास्केटबल लिग सम्पन्न गरेको हुनाले थ्री इन थ्री प्रतियोगिता आयोजना गरी पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्न लागिएको आयोजकले जानकारी दियो।

एनबिएल थ्री अन थ्री इस्ट पूर्वको बिर्तामोड, धरान र विराटनगरमा भदौ ६ गतेदेखि ११ गतेसम्म आयोजना हुनेछ। पूर्वको यी तीन ठाँउमा आयोजना हुने प्रतियोगितामा १०÷१० टोलीले सहभागिता जनाउनेछन्।

तीनै स्थानबाट पहिलो चरणको प्रतियोगितापछि पहिलो र दोस्रो हुने टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नक आउटका आधारमा प्रतिस्पर्धा गराइनेछ। फाइनलमा पुग्ने दुई टोलीले बिर्तामोडमा भदौ १४ गत भिड्ने छन्। यस्तै एनबिएल थ्री अन थ्री बेस्टको पहिलो चरणका खेल धनगढी, बुटवल र पोखरामा आयोजना हुनेछन्। यो प्रतियोगिताको मिति भने तोक्न बाँकी छ।

प्रकाशित: १७ श्रावण २०७६ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App