२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

भद्रगोलतिर राष्ट्रिय खेल

काठमाडौं -  एक समय कोमामा रहेको नेपाली भलिबल पछिल्ला केही वर्षयता बिस्तारै जुरमुराउने प्रयास गर्दै छ। भलिबललाई राष्ट्रिय खेल बनाएपछि यसको विकास क्रमले थप उचाइ लिँदै छ।

पछिल्लो समय बामे सर्दै गरेको भलिबलमा कर्पोरेट क्षेत्रका सहयोगी हात  मिसिएका  छन्, जसले गर्दा  यस खेलमा भविष्य खोज्नेहरूलाई ऊर्जा मिलेको छ।  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ जेठ ८ मा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि भलिबलमा केही गर्छु भन्नेहरूलाई हौसला मिलेको अवश्यै हो।

‘जीवनभर भलिबलमा बिताएका खेलाडीको इज्जत त गर्न सकेन उल्टै उनीहरूमाथि अन्याय गरिरहेको छ। यस्तै अवस्था रहिरहने हो भने भलिबल  पुनः कोमामा पुग्ने अवस्था आउन सक्छ।’

राष्ट्रिय खेलको मान्यता पाए पनि पछिल्ला केही घटनाक्रमले गर्दा  यसमा धमिलोपन देखिन थालेको छ। स्पष्ट रूपमा भन्नुपर्दा भलिबल संघ दिनानुदिन विवादको भुमरीमा परिरहेको छ। जसका कारण भलिबल खेलमा आकर्षित भइरहेको कर्पोरेट हाउस, आममानिस र खेलप्रेमीमा वितृष्णा उब्जने आशंका सिर्जना हुँदै छ। प्रतियोगिता खेलेर फुर्सद नपाउने अवस्थाका खेलाडीहरू संघ र खेल नेतृत्वप्रति आलोचनात्मक टीकाटिप्पणी गर्न थालेका छन्। नगरून् पनि किन ? भलिबलमा पछिल्ला समय आलोचना गर्नुपर्ने खालका अवस्था सिर्जना भए। निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि रिक्त रहेको उपाध्यक्षको पद पूर्ति गर्न असफल भलिबल संघले कार्यकालको ९ महिना मात्रै बाँकी छँदा उपाध्यक्ष मनोनयन गरेर पहिलो विवाद सिर्जना ग¥यो।

त्यो घटना सेलाउन नपाउँदै नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)का लागि घोषणा गरिएको महिला भलिबलको प्रारम्भिक छनोटपछि विवादको  शृंखला लम्बिँदै गयो। २५ सदस्यीय प्रारम्भिक टोलीमा नियमित कप्तान विनीता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ नै अटाएनन्। राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका कोपिला उप्रेती, नेविका चौधरी र मनीषा चौधरीको नाम पनि  टोलीमा भेटिएन। अन्यले प्रश्न नउठाए पनि पूर्वकप्तान विनीता र उपकप्तान मञ्जुले आफूहरुमाथि अन्याय भएको बताइरहेका छन्। उनीहरूको अरोप छ, ‘जिन्दगीभर पसिना बगायांै, नेतृत्वले अहिले हाम्रो बेइज्जत ग¥यो।’

यता भलिबल संघ भने अनौपचारिक रूपमा उमेर देखाउँदै पुराना खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्न नसकिएको स्पष्टीकरण दिँदै छ।  विनीता र मञ्जु नेतृत्वको यो जबाफ मान्न तयार छैनन्। यी सब घटनाहरू विश्लेषण गर्दा भलिबल संघले पनि केही गल्ती गरेको महसुस गर्न सकिन्छ। विश्वका हरेक खेलकुदमा लामो समय बिताएका खेलाडीलाई सम्मानजनक बिदाइका लागि उनीहरूसँग सल्लाह गर्ने प्रचलन अझै पनि छ। तर, नेपाली खेलकुदमा भने यस्तो चलन बिरलै देखिने गरेको छ। सोहीअनुरूप भलिबल संघले सन्यासको संघारमा रहेका खेलाडीसँग कुनै छलफल गर्न आवश्यक ठानेन। या आफूलाई नै सर्वेसर्वा ठान्यो र खेलाडीमाथि जबरजस्ती निर्णय लाद्ने प्रयास ग¥यो। जसको परिणामस्वरूप पनि पूर्वकप्तान र उपकप्तान जीवनभर बिताएको खेलबाट अन्याय भएको भन्न बाध्य भए।

घटनाक्रमसँगै महिला भलिबल खेलाडीमाथिको मानसिक यातना सार्वजनिक हुँदा राष्ट्रिय खेललाई झन् दूषित बनाउन प्रयास भएको छ। प्रारम्भिक टोलीमा समावेश निरुता ठगुन्नालाई विभागीय टोली आर्मीले नै दैनिक प्रशिक्षण गर्न रोक लगाएपछि नेपाली खेलकुदमा हलचल मच्चिएको छ। उनकै पूर्वक्लब आर्मीले पूर्वजानकारीबिना एक महिनासम्म आफूहरूसँग सम्पर्कमा नआएको भन्दै निरुतालाई १३औं सागको प्रशिक्षण नगराउन भलिबल संघलाई सचेत गराएको थियो।

आर्मीले भगौडा खेलाडी भन्दै उनीमाथि विभागीय कारबाहीको तयारी गरिरहेको अनौपचारिक रूपमा सार्वजनिक भएको छ। यता निरुता भने विभागकै कर्मचारीका कारण आफू सम्पर्कमा आउन नसकको सामाजिक सञ्जालमा दुखेसो पोखिरहेकी छिन्। ‘ठूलाठूला सपना बोकेर केटिएमसम्म आएँ, तर कसैले मेरो जीवन बर्बाद पा¥यो, सपना चकनाचूर हुने भयो। म के गरूँ केही सोच्नै सकिरहेको छैन,’ करिब एक साताअघि निरुताले समाजिक सञ्जाल फेसकुबमा लेखेकी थिइन्।

सोही स्ट्याटसको कमेन्टमा निरुताले  लेखेकी छन् ‘हो म भलिबल खेल्छु भनेर आको, बाबा मम छन् मसँग। कता छन् मेरो सपना। नेपालको टिमबाट खेल्ने थियो, राक्षसका कारण खेल्न पाउँदिनँ होला। मेरा जीवन बर्बाद ग¥यो। तर उसको नाम अहिले लिन्न, पछि सब भन्छु।’ उनले पुन सोमबार अर्को स्ट्याटसमार्फत आफू अझै पीडामा रहेको र यो घटना लुकाउन दबाब आइरहेको संकेत गरेकी छिन््। ‘म छु नि भन्नेहरू त थुप्रै हुन्छन्, तर जब साँच्चिकै कसैको जरुरत पर्छ त्यति बेला कोही हुँदैनन्। हेर्दै जाऊँ समयले के मोड लिन्छ।

‘निरुता हाम्रै विभागकी खेलाडी हुन्। हाम्रो सम्पर्कमा नआएको ४०–५० दिन भयो। त्यसैले उनी भौगोडा सैनिकको सूचीमा छिन्,’ नेपाली सेनाका खेलकुद विभाग प्रमुख शशिकिरण रायमाझीले भने, ‘हामीले नेपालभर निरुतालाई जहाँ भेटे पनि पक्राउ गर्न निर्देशन दिइसकेका छौं। उनले अन्यत्रबाट खेल्नका लागि पहिला विभागमा रहेर क्लियरेन्स लिन आवश्यक छ। अन्यथा, विभागीय कारबाहीको प्रक्रिया अगाडि बढ्छ। हाम्रो विभागमै सम्पर्कमा नआएपछि उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुन सम्भव छैन।’

‘बाहिर आएजस्तो उनीमाथि भएको भन्ने दुव्र्यवहारको घटनाका बारेमा भने हामीलाई जानकारी छैन,’ उनले थपे, ‘कोही कसैबाट उनीमाथि दुव्र्यवहार भएको पुष्टि भए आवश्यक कारबाही पक्रिया अघि बढ्छ।’ यी घटनाहरू सार्वजनिक भैरहँदा भलिबल संघका पदाधिकारीहरू भने आफूहरू यस विषयमा अनभिज्ञ रहेको प्रचारबाजी गर्दै आएका छन्।

न उनीहरू खेलाडी छनोटका विषयमा बोल्न चाहन्छन् न त निरुताको विषयमा उनीहरूको स्पष्ट धारणा छ। नेपाली खेलकुदको कार्यकारी नेतृत्वमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि मौन छ। खेलाडीमाथिको अन्यायमा न भलिबल संघ बोल्छ, न त राखेप नै पहलकदमी लिने पक्षमा छ।

यता भलिबल संघकै एक पदाधिकारीले नाम नबताउने सर्तमा यी सबै घटनाले राष्ट्रिय खेललाई दूषित बनाएको बताए। खेलाडी छनोटमा त गल्ती ग¥यो नै, खेलाडीमाथिको अन्यायमा पनि मौन बस्दा राष्ट्रिय खेललाई ठूलो दुर्घटनातर्फ धकेलेको उनको तर्क छ।

‘जीवनभर भलिबलमा बिताएका खेलाडीको इज्जत त गर्न सकेन उल्टै उनीहरूमाथि अन्याय गरिरहेको छ,’ उनले भने, ‘यस्तै अवस्था रहिरहने हो भने भलिबल  पुनः कोमामा पुग्ने अवस्था आउन सक्छ।’ उनै पदाधिकारीले भने, ‘प्रदर्शन देखाउन उमेर कुनै माध्यम होइन। उनीहरूसँग क्षमता छ भने छनोट हुनुपर्ने थियो। कि त पहिल्यै छनोटअगावै उमेरहद तोक्नुपथ्र्याे। राखेपको राष्ट्रिय टिम तयारी समितिले नै देशबाट खेल्ने उमेरहदको मापदण्ड बनाएको हुनुपर्ने थियो। तर यी कुनै अवस्था देखिँदैन। त्यसैले कप्तान र उपकप्तानले आफ्ना पक्षमा आवाज उठाउनु जायज देखिन्छ।’

प्रकाशित: १६ श्रावण २०७६ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App