वातावरण प्रदूषण रोक्न आदेश
सर्वोच्च अदालतले उपत्यकामा बढ्दै गएको वातावरण प्रदूषणबाट जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै रोकथामका उपाय अपनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले उपत्यकामा बढ्दै गएको वातावरण प्रदूषणबाट जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै रोकथामका उपाय अपनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुलाई मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेका छन्।
मस्यौदा नीति पारित गरी वातावरणीय सेवा भुक्तानीलाई विकास कार्यक्रमकै एक अंशका रूपमा स्वीकार्न सके नेपालले भर्खरै कान्कुनमा गरेको प्रतिबद्धता व्यवहारमा परिणत गर्न सकिन्थ्यो।
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले आतंकवादी गतिविधिभन्दा वातावरणीय अपराध बढी खतरा रहेको ठहरसहित रोकथामका लागि तीनवर्षे कार्ययोजना बनाएको छ। इन्टरपोलको शुक्रबार काठमाडौंमा सम्पन्न २३औं एसिया क्षेत्रीय सम्मेलनले सन् २०२० सम्म एसिया र अफ्रिकाबीचको वातावरणीय अपराध सञ्जाल भत्काउने रणनीतिसहित कार्ययोजना तय गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि निर्वाचनको वातावरण नबनेकोमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग असन्तुष्टि जनाएकी छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बिहीबार साँझ शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन्।
बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहान गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए ।
राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।
जलविद्युत् आयोजनालाई वनको निश्चित भू–भाग सशुल्क उपयोग गर्न दिएकै भरमा वन जङ्गल सखापै हुन्छ भन्ने पुरातन मानसिकता त्याग्न जरुरी छ। बरु लगानीकर्ताले धान फल्ने निजी आवादीको गैरीखेत वा पाखो जग्गा किनेर वन जङ्गलमा रूपान्तरण गर्दै आएको पाटोलाई ओझेलमा नपारी धेरैभन्दा धेरै जलविद्युत् आयोजना निर्माणका लागि मार्गप्रशस्त गर्नसके सबैको भलो हुन्छं।
बिग्रँदै गइरहेको वातावरण संरक्षणकालागि जुम्लामा देउसी भैलो सुरु भएको छ। कालिकोटको मान्मदेखि आएको रेडियो चंखेली श्रोता क्लबले वातावरण संरक्षणकालागि भन्दै जुम्लामा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संघीय गठबन्धनले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तीनबुँदे सहमति कार्यान्वयन गर्नुको साटो समस्या बल्झाउँदै लगेको ठहर गरेको छ।
नेपालमा सहज ढंगमा व्यापार गर्ने वातावरण थप बिग्रेको एक अध्ययनले देखाएको छ। विश्व बंैकको 'डुइङ बिजनेस २०१७' प्रतिवेदनले नेपालमा व्यवसाय गर्ने वातावरण क्रमशः कमजोर बन्दै गत वर्षको स्थानभन्दा पनि तल झरेको देखाएको हो। गत वर्षको त्यस्तै प्रतिवेदनमा नेपाल ९९आँै स्थानमा थियो भने अहिले खस्केर १०७औँ स्थानमा रहन पुगेको छ।
काठमाडौं-नेपालमा पछिल्ला वर्षहरुमा सहज रुपमा व्यवसाय गर्ने वातावरण बिग्रंदै गएको एक प्रतिवेदनले औंल्याएको छ।
नेपालले ब्यवसायिक वातावरण सुधारेर आफनो जस्तै समान अर्थतन्त्र भएका मुलुकको दाँजोमा प्रतिस्पर्धि भएमात्र वैदेसिक लगानी भित्रिने नेपालका लागी अमेरिकी राजदुत अलेना बी टेप्लिट्सको भनाइ छ।
भूकम्पप्रभावित जिल्लाका सांसदले वातावरणमैत्री दिगो पुनर्निर्माणका लागि सरकारलाई १० बुँदे सुझाव दिएका छन्।
सानै उमेरदेखि व्यवसायमा संलग्न हेमराज ढकाल अहिले अाइएमई समूहको प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ। यसले मुलुकको अर्थतन्त्रमा पार्ने असर लगायत विषयमा निर्देशक ढकालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी ।