४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितुवाको छालासहित दुई पक्राउ

कोहलपुर-ईलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित दुई व्यक्ति पक्राउ गरेको छ । कोहलपुर १२ बाट कुवेरजंग शाह र सहविर खत्री पक्राउ परेका हुन् । बिहीबार दिउँसो साढे ३ बजे उनीहरुको साथबाट दुईवटा चितुवाको छाला पक्राउ गरिएको हो ।

छोरी हत्याको आरोपमा बाबु पक्राउ

पर्सा-नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीया छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

रोज राणामाथि खुकुरी हान्ने पक्राउ

चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने २८ वर्षीय मोटे भनिने विवेचन प्रजापति र धादिङ कटुन्जे घर भइ काठमाडौं नयाँबजारमा बस्ने १८ वर्षीय सुर्य लामालाई पक्राउ गरेको जनाएको छ ।

बिगमार्टमा अनुगमन टोलीको छापा, सिल तोड्ने कर्मचारी पक्राउ

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार कालोपुलस्थित बिगमार्टको गोदाममा छापा मार्‍यो। काठमाडौंको नाम चलेको सुपर स्टोरको गोदाममा मिति सकिएका सामग्री पाइएपछि टोलीले सिलबन्दी गरेर कार्यालय फर्किएको थियो।

छानबिनका लागि पूर्व राष्ट्रपति राजापाक्षेका छोरा पक्राउ

श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ ।

दश लाखसहित १६ जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जिल्लाको सूर्यविनायकस्थित एउटा घरमा जुवा तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–.५ पाण्डुबजारस्थित रहेको माइली तामाङको घरको कोठामा नगद तथा धनमाल प्रर्दशन गरी जुवा तास खेल भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घरधनी माइलीसहित १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

विदेश जाने युवालाई प्रलोभनमा पारी ठगी गर्ने ७ पक्राउ

इटहरी– विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

आकाश थापा हत्यामा संलग्न नौ युवक पक्राउ

तनहुँ—शनिबार दिउँसो भएको एक युवकको हत्यामा संलग्न नौ युवकलाई जिल्ला प्रहरी कार्यालय, तनहुँले आज पक्राउ गरेको छ।

लोकमानको सम्पत्ति विवरण माग गर्ने पक्राउ

अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्न भएकालाई प्रहरीले पक्राउ गरेको छ। कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै डा.गोविन्द केसी अलायन्सका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

जुवाको २ खालवाट १३ जना पक्राउ

सदरमुकाम बेसीशहरका विभिन्न स्थानमा तास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगद रुपैयाँ सहित पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– ९ झिंगेखोलाको गुरुङ होटल र वडा नं १२, त्रिवेणीटोलस्थित कालीप्रसाद घलेको घरबाट १ लाख ९ हजार ५० रुपैयाँ सहित १३ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले बताए ।

बालुवाटारमा धर्ना दिने ११ प्रदर्शनकारी पक्राउ

गंगामाया अधिकारीलाई न्याय दिलाउन बालुवाटारमा धर्ना दिइरहेका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। गंगामाया बचाउ अभियानअन्तर्गत धर्ना दिन पुगेका अधिकारकर्मी चरण प्रसाईँलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

डेढ सय ग्राम यार्सासहित एक महिला भारतमा पक्राउ

दार्चुला– सीमामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक सय पचास ग्राम यार्सागुम्बासहित एक नेपाली युवतीलाई प्रक्राउ गरेको छ। सीमावर्ती बजार धार्चुलाबाट नेपालतर्फ ल्याउँदै गर्दा झोलु पुल तर्ने क्रममा चेकजाँच गर्दा उक्त परिणामको यार्सा फेला परेको हो।

डलर र युरोसहित रोमानियन नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको ३५ हजार अमेरिकी डलर र ७ हजार ३ सय ५० युरोसहित एकजना रोमानियन नागरिकलाई पक्राउ गरेको छ। विमानस्थल प्रहरीका अनुसार राहदानी नम्बर ०५२७१६८९५ बाहक रोमानियाका नागरिक एन्ड्री गुम्टीट्रअ शनिबार पक्राउ परेका हुन्।

कल वाइपासमा संलग्न गिराेहका दुर्इ पक्राउ

कोहलपुर– कोहलपुर क्षेत्रमा विदेशी गिरोहको सक्रियमा मोबाइल नेटवर्क कलको वाइपास गर्ने गिरोहमा संलग्न रहेकाे अाराेपमा दुर्इ जनालार्इ पक्राउ छ।

लाइसेन्स बनाउन पैसा उठाउने गिरोहका थप तीन पक्राउ

इटहरी– यातायात कार्यालयका कर्मचारीसँगको साँठगाँठमा सवारी साधन चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बनाई दिने भन्दै पैसा उठाउने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्