१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले बिहीवार राति उनकै निवासबाट पक्राउ गरेको हो।

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ। अदालतले उनको जमानतको विषयमा आजै सुनुवाई गर्न सक्ने बताइएको छ।

मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो। स्रोतहरूका अनुसार टोलीले उनको निवासमा खोजी अभियान समेत गरेको थियो।

दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि बिहीवार साँझ नै उनको निवास पुगेको हो।

यसअघि पनि पटकपटक इडीले केजरीवाललाई बयानका लागि पत्र पठाउँदा उनले अटेर गर्दै आएका थिए। 

प्रकाशित: ९ चैत्र २०८० ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App