१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुन्दरहैंचाबाट लागुऔषधसहित चारजना पक्राउ

मोरङको सुन्दरहरैंचा नगर क्षेत्रभित्रबाट एक महिला र तीन पुरुष गरी चारजनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।  

सुन्दरहैँचा नगरपालिका– ३ कि ३० वर्षीया सुनिता राईलाई लागुऔषध ब्राउनसगुरसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार राईको घरमा लागुऔषध खरिदबिक्री हुँदै छ भन्ने सूचनाका आधारमा घरमा खानतलासी गर्दा ब्राउनसुगर बरामद भएको हो।

राईको घरबाट ब्राउनसुगर १० ग्राम फेला परेको बताउँदै डिएसपी दाहालले भने, ‘इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घर खानतलासी गर्दा ब्राउनसुगर, डिजिटल तराजु २ थान, ५ लाख ३८ हजार २ सय ५० नेपाली रुपैयाँका साथै २ थान मोबायल बरामद भएको हो।’ राईलाई इप्रका बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

त्यस्तै, सुन्दरहैँचा– ३ गछियाका २३ वर्षीय प्रज्ज्वल सुवेदी र सोही ठाउँका २० वर्षीय आशिष ठाकुरको साथबाट लागुऔषध फेनारगन १० थान, डाइजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान बरामद भएको थियो। उनी शंकास्पद तवरबाट हिँड्दै गर्दा शंका लागी चेक गर्दा लागुऔषध बरामद भएको डिएसपी दाहालले बताए।

त्यसैगरी, सुन्दरहरैँचा– ५ बलियाका २४ वर्षीय संगम आचार्यलाई लागुऔषधसहित पक्राउ गरेको डिएसपी दाहालले बताए। उनका अनुसार आचार्यको साथबाट १० थान डाइजेल्याब, ४ थान लुपिजेसिक र २ थान एभिल बरामद भएको थियो। पक्राउ परेकाविरुद्ध लागुऔषध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८० १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App