१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बोल्न नसक्ने बालिका बलात्कार गर्ने पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गरी फरार रहेको आरोप लागेका एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। खोलामा लगी जबर्जस्ती करणी गर्भवती बनाएर फरार युवकलाई सर्लाही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका १० का ३५ वर्षीय टेके सार्की रम्तेललाई बलात्कार भएको घटनाको ११ महिनापछि पक्राउ गर्न सफल भएको हो। रम्तेलले बोल्न नसक्ने एक बालिकालाई गाउँनजिकैको  फुलजोर खोलामा लगी जबर्जस्ती करणी गरी ११ महिना पहिले गर्भवती बनाएको थियो।

प्रहरीको खोजीमा रहेका रम्तेललाई ईश्वरपुर ८ रामपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गत वैशाख ७ गते रम्तेलले बालिकालाई खोलामा लगेर जबर्जस्ती करणी गरेका थिए। रम्तेलले खोलामा लगी जबर्जस्ती करणी गरेको बालिकाको गर्भबाट गत पुस १५ मा छोराको जन्म भएको थियो। बालकको गत माघ १६ मा उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

रम्तेलको जबर्जस्ती करणीमा परेकी फरक क्षमताकी बालिका केही महिनादेखि सर्लाही सदरमुकाम मलंगवास्थित शान्ति महिला सेवा केन्द्रले सञ्चालन गरेको सेफ हाउसमा रहेकी छन्।

बलात्कार गरेर अबोध बालिकालाई गर्भवती बनाई फरार रहेको रम्तेललाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। घटनाबारे प्रहरीले गहन अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ।

प्रकाशित: २३ फाल्गुन २०८० १७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App